१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

पीएनजीविरुद्ध नेपालले १० ओभरमा ३ विकेट गुमाएर ७१ रन बनायो

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, फाल्गुण २९, २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार जारी पपुवा न्यु गिनीविरुद्धको आफ्नो दोस्रो खेलमा १० ओभरमा तीन विकेट गुमाएर ७१ रन बनाएको छ ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३८ र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोरा एक रन बनाउँदै क्रिजमा छन् । नेपालका अर्का ओपनर ब्याट्सम्यान विनोद भण्डारी २७ रन बनाउँदै आउट भएका थिए । उनले २२ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।

कप्तान रोहित पौडेल एक रनमा पेभेलियन फर्किएका थिए । आरिफ शेख पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो । पीएनजीका बलर नोसाइना पोकाना, जोन कारिको र असाद भालाले एक(एक विकेट लिए ।

मंगलबार नै हङकङ र पपुवा न्यु गिनीबिच दोस्रो खेल हुनेछ । हङकङ भ्रमणका क्रममा नेपालले गत शनिबार आयोजक राष्ट्रसँग एउटा टी(२० मैत्रीपूर्ण खेल पनि खेलेको थियो । उक्त खेलमा हङ्कङले नेपाललाई ७३ रनले हराएको थियो ।

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको नवौँ संस्करणको तयारीका क्रममा विभिन्न राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । यसैक्रममा नेपाली टोली हङकङ भ्रमणमा गएको हो ।

हङकङ भ्रमणबाट फर्किएलगत्तै नेपाली टोली मैत्रीपूर्ण खेलका लागि भारत प्रस्थान गर्नेछ । भारतमा नेपालले गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यो खेलमा पनि विश्वकपकै तयारीका क्रममा खेल्न लागिएको हो ।

टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ को जुन १ देखि २९ तारिखसम्म आयोजना हुँदैछ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

टी-२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग र तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ । नेपालले समूहगत चरणको चौथो तथा अन्तिम खेल जुन १६ तारिखमा बंगलादेशसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुरमा ‘आर.टी. गोल्डकप २०२६’ को खेल तालिका सार्वजनि RT FC Malaysia द्वारा आयोजना हुन लागेको दोस्रो संस्करणको ‘आर.टी. गोल्डकप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाइसिट) सार्वजनिक गरिएको छ। प्रतियोगिता आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) मा Panasonic Stadium मा सञ्चालन हुनेछ। खेल तालिका सार्वजनिक कार्यक्रम मे २४, २०२६ मा […]

मलेसियाको मलकामा आगामी मे ३१ र जुन १ तारिख आयोजना हुने “स्व. जिवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” को टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा मलेसियाका विभिन्न राज्य रहेका नेपाली समुदायका १६ वटा टिमको सहभागिता रहने आयोजक सगरमाथा युवा क्लब मलकाले जनाएको छ। “शारीरिक तन्दुरुस्ती, राष्ट्रिय खेलकुद प्रवर्द्धन र आपसी सद्भावका लागि खेल” भन्ने मूल […]

मलेसियाकाे मलका राज्यमा स्वर्गीय जीवन मगर स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता २०२६ आयोजना हुँने भएकाे छ । मलेसियाको मलका राज्य  स्थित सगरमाथा युवा क्लबले स्वर्गीय जीवन मगरको स्मृतिमा दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता २०२६ आयोजना गर्ने भएको छ। क्लबका अध्यक्ष प्रदीब बोहोरा ले हिरोनेपाल टिभिलाई जानकारी दिनुहुँदै उक्त प्रतियोगिता आगामी मे ३१ र जुन […]