२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

अभिनेता प्रदीप खड्का “मैत बहादुर” काे लुक्समा

Logo
HeroNepal-tv प्रकाशित आइतबार, फाल्गुण २७, २०८०

काठमाडौँ । अभिनेता प्रदीप खड्का अहिले फिल्म ‘पूजार सार्की’को छायाङ्कनमा ब्यस्त छन । निर्माण युनिटले आज प्रदीपको जन्मदिन पारेर फिल्म भित्र रहने उनको एक लुक्स सार्वजनिक गरेको छ । जसमा उनी अहिलेसम्मकै फरक गेटअपमा देखिएका छन् । उनको लुक्सलाई निर्माण युनिटले ‘मैत बहादुर परियार’ नाम दिइएको छ ।

फिल्ममा प्रदीप दलित युवकको भूमिकामा देखिँदै छन् । पोस्टरबाट उनी विवाहमा दमाहा बजाउने दमाई पात्रको रूपमा देखिने अनुमान गर्न सकिन्छ । लामो कपालमा कालो टोपी र कालै रङ्गको स्टकोट लगाएका प्रदीपको लुक्सले फिल्मप्रति दर्शकको कौतुहलता भने पक्कै बढाउनेछ ।

फिल्ममा अभिनेता आर्यन सिग्देल पूजारीको भूमिकामा देखिँदै छन् । अर्का अभिनेता पल शाहको भूमिकाको बारेमा भने खुलाइएको छैन । यी तीन कलाकार यो फिल्ममा पहिलो पटक देखिन लागेका हुन् । आगामी वर्षको जेठमा प्रदर्शन हुने फिल्मको निर्देशक दिनेश राउत ले गर्दैछन ।

फिल्ममा प्रदीप, आर्यन, पलको अलावा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शङ्कर आचार्यको अभिनय छ । संगीतकार सुवास भुसालको एकल निर्माण रहेको फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]