०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

अभिनेता प्रदीप खड्का “मैत बहादुर” काे लुक्समा

Logo
HeroNepal-tv प्रकाशित आइतबार, फाल्गुण २७, २०८०

काठमाडौँ । अभिनेता प्रदीप खड्का अहिले फिल्म ‘पूजार सार्की’को छायाङ्कनमा ब्यस्त छन । निर्माण युनिटले आज प्रदीपको जन्मदिन पारेर फिल्म भित्र रहने उनको एक लुक्स सार्वजनिक गरेको छ । जसमा उनी अहिलेसम्मकै फरक गेटअपमा देखिएका छन् । उनको लुक्सलाई निर्माण युनिटले ‘मैत बहादुर परियार’ नाम दिइएको छ ।

फिल्ममा प्रदीप दलित युवकको भूमिकामा देखिँदै छन् । पोस्टरबाट उनी विवाहमा दमाहा बजाउने दमाई पात्रको रूपमा देखिने अनुमान गर्न सकिन्छ । लामो कपालमा कालो टोपी र कालै रङ्गको स्टकोट लगाएका प्रदीपको लुक्सले फिल्मप्रति दर्शकको कौतुहलता भने पक्कै बढाउनेछ ।

फिल्ममा अभिनेता आर्यन सिग्देल पूजारीको भूमिकामा देखिँदै छन् । अर्का अभिनेता पल शाहको भूमिकाको बारेमा भने खुलाइएको छैन । यी तीन कलाकार यो फिल्ममा पहिलो पटक देखिन लागेका हुन् । आगामी वर्षको जेठमा प्रदर्शन हुने फिल्मको निर्देशक दिनेश राउत ले गर्दैछन ।

फिल्ममा प्रदीप, आर्यन, पलको अलावा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शङ्कर आचार्यको अभिनय छ । संगीतकार सुवास भुसालको एकल निर्माण रहेको फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]