०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

जीबी राई पक्राउ परेका छैनन्, हल्लाकाे पछि नलाग्नुस्।’

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, फाल्गुण २४, २०८०

सहकारीकाे पैसा अपचलन गरेको आराेप लागेका गितेन्द्रबाबु (जीबी) राई पक्राउबारे नेपाल प्रहरीले जानकारी नभएकाे जनाएकाे छ। बिहीबार बिहानै राई सिङ्गापुरबाट पक्राउ परेकाे समाचारहरू सार्वजनिक भएका थिए।

नेपाल प्रहरीका प्रमुख बसन्तबहादुर कुँवरले आफुलाई त्यसबारे कुनै जानकारी नभएकाे बताए।

उनले भने– ‘हाेइन पक्राउ परेका छैनन्। पक्राउ परेकाे भए मलाई थाहा भइहाल्थ्याे नि! हल्लाकाे पछि नलाग्नुस्।’

बिहीबार बिहानदेखि सामाजिक सञ्चालमा जीबी राई पक्राउ परेकाे विषय फैलिरहेको छ।

यस्तै नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले पनि राई पक्राउ नपरेकाे बताए। ‘उनकाे खाेजी भइरहेकाे छ। तर पक्राउ परेकाे छैन। हल्ला कसरी फैलियाे थाहा छैन’, उनले भने।

विभिन्न सहरकारीकाे बचत अपचलन गरेकाे आराेप लागेपछि उनी फरार छन्। यसअघि प्रहरीले उनी मलेसियामा लुकिबसेकाे भन्ने सूचना पाएपछि उनलाई पक्राउ गर्नका लागि इन्टरपाेलकाे सहयाेग मागेकाे थियाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]