२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

जीबी राई पक्राउ परेका छैनन्, हल्लाकाे पछि नलाग्नुस्।’

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, फाल्गुण २४, २०८०

सहकारीकाे पैसा अपचलन गरेको आराेप लागेका गितेन्द्रबाबु (जीबी) राई पक्राउबारे नेपाल प्रहरीले जानकारी नभएकाे जनाएकाे छ। बिहीबार बिहानै राई सिङ्गापुरबाट पक्राउ परेकाे समाचारहरू सार्वजनिक भएका थिए।

नेपाल प्रहरीका प्रमुख बसन्तबहादुर कुँवरले आफुलाई त्यसबारे कुनै जानकारी नभएकाे बताए।

उनले भने– ‘हाेइन पक्राउ परेका छैनन्। पक्राउ परेकाे भए मलाई थाहा भइहाल्थ्याे नि! हल्लाकाे पछि नलाग्नुस्।’

बिहीबार बिहानदेखि सामाजिक सञ्चालमा जीबी राई पक्राउ परेकाे विषय फैलिरहेको छ।

यस्तै नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले पनि राई पक्राउ नपरेकाे बताए। ‘उनकाे खाेजी भइरहेकाे छ। तर पक्राउ परेकाे छैन। हल्ला कसरी फैलियाे थाहा छैन’, उनले भने।

विभिन्न सहरकारीकाे बचत अपचलन गरेकाे आराेप लागेपछि उनी फरार छन्। यसअघि प्रहरीले उनी मलेसियामा लुकिबसेकाे भन्ने सूचना पाएपछि उनलाई पक्राउ गर्नका लागि इन्टरपाेलकाे सहयाेग मागेकाे थियाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]