०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

नयाँ गठबन्धन बनेको ३ दिनमै शङ्का, जसपालाई नसमेटे प्रधानमन्त्रीले विश्वासको मत पाउन गाराे

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, फाल्गुण २४, २०८०

काठमाण्डाै:  नेकपा एमालेले शीर्ष वरीयताका नेता सरकारमा नपठाउँदा र जनता समाजवादी पार्टीले निर्णय नगर्दा नयाँ सत्ता गठबन्धनबारे विभिन्न शङ्का उठ्न थालेका छन् । विशेषगरी माओवादी र कांग्रेसको गठबन्धन फुटाएर सत्ताको खेलमा लागेको नेकपा एमाले ठूला र रोजेका मन्त्रालयविनै सरकारमा जानु र शीर्ष वरीयताका नेतालाई मन्त्री नबनाउनुले नयाँ गठबन्धनबारे शङ्का बढेको हो ।

नेकपा एमालेले गृह वा अर्थ मन्त्रालय मागेको थियो । गृह वा अर्थ मन्त्रालय पाएको भए एमालेले उपाध्यक्ष विष्णु पौडेललाई एमालेको नेतृत्व गरेर सरकारमा पठाउने बताएको थियो । तर रोजेको मन्त्रालय नपाएपछि रघुवीर महासेठलाई सरकारमा एमालेको नेतृत्व गरेर पठाइएको छ । विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, योगेश भट्टराई लगायतका नेतालाई सरकारबाहिरै राखिएको छ ।

गठबन्धनको सबैभन्दा ठूलो दल एमाले गृह, अर्थ, परराष्ट्र, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता मन्त्रालय अन्य दललाई दिएर किन खुरुक्क सरकारमा सहभागी भयो भन्ने विषयमा चौतर्फी चासो रहेको छ । कतै यो गठबन्धन छिटै नै तलमाथि हुने त होइन भनेर एमालेकै कार्यकर्ताले पनि लख काट्न थालेका छन् ।

यस्तै गएको सोमवार सत्ता गठबन्धनमा सहभागी भएको भन्दै हस्ताक्षरसमेत गरेको जनता समाजवादी पार्टी (जसपा) ले हिजो भने सरकारमा मन्त्री पठाएन । अब स्वास्थ्य तथा जनसङ्ख्या र वन तथा वातावरण मन्त्रालय मात्रै बाँकी रहेका छन् । पहिलो कुरा, जसपा सरकारमा जाने कि नजानेमा अन्योल छ, गए पनि मन्त्रालयमा सहमति हुने हो कि होइन टुङ्गो छैन ।

नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले दिएको धोकालाई बदला लिने भन्दै जसपा, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग संवाद बढाएको छ ।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले अबको २८ दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ । विश्वासको मतका लागि एक सय ३८ जना सांसद चाहिनेमा अहिले एमालेका ७६, माओवादीका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० गरी एक सय ३९ जना सांसद रहेका छन् । ढुक्कसँग मत लिन प्रधानमन्त्रीले १२ सिट रहेको जसपा, चार सिट रहेको नागरिक उन्मुक्ति, छ सिट रहेको जनमत र पाँच सिट रहेको लोसपालाई फकाइरहनुभएको छ । तर सफल हुनुभएको छैन ।

सरकारमा सहभागी हुने विषयमा जसपाभित्रै विवाद रहेको छ । जनमतले मधेशको मुख्यमन्त्री र नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री ‘बटमलाइन’ बनाएका छन् । यी दुवै प्रदेशमा दुई वटै दलले मुख्यमन्त्री पाउने सम्भावना कमजोर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]