२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नयाँ गठबन्धन बनेको ३ दिनमै शङ्का, जसपालाई नसमेटे प्रधानमन्त्रीले विश्वासको मत पाउन गाराे

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, फाल्गुण २४, २०८०

काठमाण्डाै:  नेकपा एमालेले शीर्ष वरीयताका नेता सरकारमा नपठाउँदा र जनता समाजवादी पार्टीले निर्णय नगर्दा नयाँ सत्ता गठबन्धनबारे विभिन्न शङ्का उठ्न थालेका छन् । विशेषगरी माओवादी र कांग्रेसको गठबन्धन फुटाएर सत्ताको खेलमा लागेको नेकपा एमाले ठूला र रोजेका मन्त्रालयविनै सरकारमा जानु र शीर्ष वरीयताका नेतालाई मन्त्री नबनाउनुले नयाँ गठबन्धनबारे शङ्का बढेको हो ।

नेकपा एमालेले गृह वा अर्थ मन्त्रालय मागेको थियो । गृह वा अर्थ मन्त्रालय पाएको भए एमालेले उपाध्यक्ष विष्णु पौडेललाई एमालेको नेतृत्व गरेर सरकारमा पठाउने बताएको थियो । तर रोजेको मन्त्रालय नपाएपछि रघुवीर महासेठलाई सरकारमा एमालेको नेतृत्व गरेर पठाइएको छ । विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, योगेश भट्टराई लगायतका नेतालाई सरकारबाहिरै राखिएको छ ।

गठबन्धनको सबैभन्दा ठूलो दल एमाले गृह, अर्थ, परराष्ट्र, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता मन्त्रालय अन्य दललाई दिएर किन खुरुक्क सरकारमा सहभागी भयो भन्ने विषयमा चौतर्फी चासो रहेको छ । कतै यो गठबन्धन छिटै नै तलमाथि हुने त होइन भनेर एमालेकै कार्यकर्ताले पनि लख काट्न थालेका छन् ।

यस्तै गएको सोमवार सत्ता गठबन्धनमा सहभागी भएको भन्दै हस्ताक्षरसमेत गरेको जनता समाजवादी पार्टी (जसपा) ले हिजो भने सरकारमा मन्त्री पठाएन । अब स्वास्थ्य तथा जनसङ्ख्या र वन तथा वातावरण मन्त्रालय मात्रै बाँकी रहेका छन् । पहिलो कुरा, जसपा सरकारमा जाने कि नजानेमा अन्योल छ, गए पनि मन्त्रालयमा सहमति हुने हो कि होइन टुङ्गो छैन ।

नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले दिएको धोकालाई बदला लिने भन्दै जसपा, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग संवाद बढाएको छ ।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले अबको २८ दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ । विश्वासको मतका लागि एक सय ३८ जना सांसद चाहिनेमा अहिले एमालेका ७६, माओवादीका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० गरी एक सय ३९ जना सांसद रहेका छन् । ढुक्कसँग मत लिन प्रधानमन्त्रीले १२ सिट रहेको जसपा, चार सिट रहेको नागरिक उन्मुक्ति, छ सिट रहेको जनमत र पाँच सिट रहेको लोसपालाई फकाइरहनुभएको छ । तर सफल हुनुभएको छैन ।

सरकारमा सहभागी हुने विषयमा जसपाभित्रै विवाद रहेको छ । जनमतले मधेशको मुख्यमन्त्री र नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री ‘बटमलाइन’ बनाएका छन् । यी दुवै प्रदेशमा दुई वटै दलले मुख्यमन्त्री पाउने सम्भावना कमजोर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]