०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने

Logo
HeroNepal-tv प्रकाशित बुधबार, फाल्गुण २३, २०८०

काठमाडौँ , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एकमात्र धावनमार्गको दुबै विन्दुमा भइरहेको निर्माण कार्यका कारण चैत १९ देखि काठमाडौं विमानस्थलको बौद्धतर्फको उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने भएको छ ।

त्यस्तै ३ हजार ५० मिटर लामो धावनमार्गको उत्तर–दक्षिणतर्फ २ सय ३६ मिटर क्षेत्रभित्र पसेर जहाजले उड्न र त्यहाँभित्र अवतरण गर्न पनि नपाइने भएको छ ।
विमानस्थलभित्र पूर्वाधारमा कार्यरत ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ का निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको बिस्तार भइरहेकाले चैत १९ गतेदेखि उत्तरी विन्दुबाट जहाज अवतरण गर्न नपाइने बताए ।

उनकाअनुसार, यो नियम ९० दिनसम्मकालागि लागु हुनेछ । ‘९० दिनभित्र उत्तरतर्फको धावनमार्गमा समानान्तर ट्याक्सी–वे निर्माण सक्ने योजना छ । यसले गर्दा काठमाडौं विमानस्थलको धावनमार्गको क्षमता थप बृद्धि हुनेछ,’ आयोजना निर्देशक इन्जिनियर श्रेष्ठले भने ।

यो नियमले काठमाडौंबाट आखाँको सहायतले हुने भीएफआर (भिजुअल फ्लाइट रुल्स) मा आधारित उडान उड्ने तथा त्यही विन्दुबाट अवतरण हुने पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् । उत्तरबाट अवतरण/उडान गर्न नपाइने र पूर्वाधार विस्तार गर्नुपर्ने भएकाले २ सय ३६ मिटर धावनमार्ग चैत–१९ (अप्रेल १) देखी छोटो हुने सूचना अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार अन्तर्राष्ट्रिय प्रकाशन एआईपीमार्फत यो सूचना उड्डयनसँग सम्बन्धित प्रकाशन एआईपी (एरोनटीकल इन्फरमेसन पब्लिकेसन) मा प्रकाशन गरेको छ ।
कुनै पनि मुलुकले उडानसँग सम्बन्धित नियम, प्रक्रिया, वा अन्य विवरण सार्वजनिक गर्दा एआईपीमा प्रकाशन गर्नुपर्छ । एआईपी संयुक्त राष्ट्रसंघ अर्न्तगत संसारभार वायुसेवाहरुको आधिकारिक सूचना प्राप्त गर्ने प्रणाली हो ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, ३ हजार ५० मिटर लामो धावनमार्ग तीन महिनाका लागि २ सय ३६ मिटर छोटो हुँदा साना विमानलाई नभई ३ सय हाराहारी यात्रु उडान क्षमता भएका एयरबस ए–३३० र बोइङ ७८७ विमान सञ्चालन गरिरहेका नेपाल वायुसेवा निगम, कतार एयर, टर्किस एयर, क्याथे प्यासिफिक लगायतका वायुसेवाको भारवहनमा असर पर्न सक्नेछ । जस्का कारण उनीहरुको आम्दानी प्रभावित हुनेछ ।

‘काठमाडौं विमानस्थल फोर–ई वर्गमा पर्ने विमानस्थल हो । यहाँ अवतरणका क्रममा होइन ठूला जेट विमानले उड्दा फुल लोडमा असर पर्नसक्ने छ,’ सहप्रवक्ता भुलले भने,‘ अब ३ हजारबाट घटेर २८ सय मिटर मात्रै लामो धावनमार्गमा हावाको चाप, तापक्रम, लगायतले जहाजको परर्फमसेन्समा असर पार्न सक्ने भएकाले पाइलटहरुले लोडमा बिचार गर्नुपर्ने हुन्छ ।’

उनका अनुसार, चैत्र १९ पछि असार १६ सम्म ठूला विमानले यात्रु, कार्गो वा हवाई इन्धन निश्चित मात्रामा घटाएर मात्रै उडान गर्नुेपर्नेछ । काठमाडौं विमानस्थलले वार्षिक १ करोड यात्रुलाई सेवा दिलाउने उद्देश्यले सन् २०१६ को एशियाली विकास बैंकको गुरुयोजनाअनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १६ वटा न्यारोबडी पार्किङ गर्न एप्रोन, तीन किलोमिटर लामो धावनमार्गका दुवै विन्दुबाट जहाज पस्न–निस्कन इन्ड–टू–इन्ड प्यारलल ट्याक्सी–वे, जहाज मर्मत गर्न ह्यांगर लगायतका भौतिक पूर्वाधार तथा निर्माणको काम भइरहेका छन् ।
गुरुयोजनाअनुसार विमानस्थलको स्तरोउन्नतीको काम गर्न १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक फरक विदेशी निर्माण व्यवसायीहरु काम गर्दै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]