०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

उत्कृष्ट कार्यसम्पादन गरेका कारण रेखा शर्मा पुनः संचार मन्त्री

Logo
HeroNepal-tv प्रकाशित बुधबार, फाल्गुण २३, २०८०

काठमाडौँ । उत्कृष्ट कार्यसम्पादन गरेका कारण रेखा शर्मा पुनः संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् ।

नयाँ समिकरणसँगै मन्त्रिमण्डल विस्तारसँगै शर्माले पुनः संचार मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

शर्माले संचार मन्त्रालय समालेपछि एनसेल, यूटिएल, स्मार्ट सेलको काण्डमा सरकारको जित भएको छ । त्यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको मनपरीलाई दायरामा ल्याउने प्रक्रिया सुरु भएको छ ।

त्यसैगरी सरकारी संचारमाध्यमहरुलाई आत्मनिर्भर बनाउँदै जनताको आवाज बुलन्द गर्ने दिशातिर अग्रसर, श्रमजिवी पत्रकारको पक्षमा खेलेको भूमिकाकै कारण शर्मा पुनः संचार मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

मन्त्री शर्माकै भूमिकाका कारण चर्चित टेरामक्स काण्ड छानबिनको दायरामा आएको हो ।

नेपालको दूरसंचार क्षेत्रका विकृत तथा मनपरीलाई नियन्त्रण गरी सेवालाई जनताको पहुँचभन्दा बारिह जान नदिने मन्त्री शर्माको अठोट छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]