०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

उपाधिका लागि नेपाल र नेदरल्याण्ड्सले खेल्ने

Logo
हिरोनेपाल प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स खेल्ने भएका छन् ।

लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि नेदरल्याण्ड्स र नेपाल उपाधिका लागि भिड्ने पक्का भएको हो ।

वर्षा बाधक बनेपछि नेदरल्याण्ड्स र नामिबियाबीचको खेल रद्ध भएको हो ।

खेल रद्ध भएपछि दुवै टिमले समान १–१ अंक प्राप्त गरेको छन् ।

नेदरल्याण्ड्स ५ अंक सहित समूहको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गर्यो । नेपाल ४ अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको छ ।

पुछारको नामिबियाको ३ अंक भएको छ ।

लिग चरणको अन्तिम दुई खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

जोहोर, मलेसिया । मकालु एफसी जोहोर, मलेसियाको आयोजनामा हुने दोस्रो मकालु गोल्ड कप २०२६ फुटबल प्रतियोगिताको टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा विभिन्न क्लबका १६ टोली सहभागी हुने भएका छन्। प्रतियोगिताका टोलीलाई पोल ‘ए’ र पोल ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। पोल ‘ए’ मा मकालु एफसी, पुर्बेली एफसी, तामान यू एफसी, योङ थन्डर एफसी, […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]