०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ

Logo
HeroNepal-tv प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र युट्युबमा उग्र अभिव्यक्ति दिँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा होलहल्ला, नारावाजी र जुलुस गरेर सार्वजनिक शान्तिमा असर पुर्‍याएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनएकाेछ ।

प्रहरिका अनुसार, अहिले दुवै जनालाई प्रहरी वृत्त, महाराजगञ्जमा छन ।

उनीहरुले चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्रावासमा मृत अवस्थामा भेटिएकी छात्रा १४ वर्षीया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिर रहेका थिए ।

स्काउटको डोरीले घाँटीमा झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक जाँचको प्रतिवेदनमा उनको ‘झुण्डिएको कारण’ मृत्यु भएको उल्लेख छ ।

आफन्तले बलात्कारको आशंका गरेकाले पीडितको संवेदनशील अंगको पनि जाँच गरिएको थियो । तर, पोष्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएाछन।

‘हाइमिन इन्ट्याक्ट छ भन्ने रिपोर्टमा उल्लेख छ’, स्रोतले भन्यो । प्रहरीले घटनास्थलबाट सुसाइड नोट पनि बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]