०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ

Logo
HeroNepal-tv प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र युट्युबमा उग्र अभिव्यक्ति दिँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा होलहल्ला, नारावाजी र जुलुस गरेर सार्वजनिक शान्तिमा असर पुर्‍याएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनएकाेछ ।

प्रहरिका अनुसार, अहिले दुवै जनालाई प्रहरी वृत्त, महाराजगञ्जमा छन ।

उनीहरुले चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्रावासमा मृत अवस्थामा भेटिएकी छात्रा १४ वर्षीया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिर रहेका थिए ।

स्काउटको डोरीले घाँटीमा झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक जाँचको प्रतिवेदनमा उनको ‘झुण्डिएको कारण’ मृत्यु भएको उल्लेख छ ।

आफन्तले बलात्कारको आशंका गरेकाले पीडितको संवेदनशील अंगको पनि जाँच गरिएको थियो । तर, पोष्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएाछन।

‘हाइमिन इन्ट्याक्ट छ भन्ने रिपोर्टमा उल्लेख छ’, स्रोतले भन्यो । प्रहरीले घटनास्थलबाट सुसाइड नोट पनि बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]