०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

महिला सम्मेलनमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा

Logo
हिरोनेपाल प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुगेकी छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने पहिलो महिला सम्मेलनमा सहभागी हुन भण्डारी आइतबार सुर्खेत पुगेकी हुन्।

सोमबार सुर्खेत सिटीमा हलमा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा हुने पहिलो महिला सम्मेलनको उद्घाटन गर्न पूर्वराष्ट्रपति भण्डारीले गर्ने कार्यतालिका रहेको छ।

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालका अनुसार अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उदेश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरुको सहभागी हुनेछ। ११४औं श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको हो।

यस्तै, महिला सम्मेलन कार्यक्रममा मुख्यगरी उपप्रमुख र उपाध्यक्षहरुले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरुको अनुभव आदनप्रदान गरिनेछ।

कार्यक्रममा सहभागीका लागि वीरेन्द्रनगर नगरपालिकाले प्रदेश सरकार, प्रदेशसभा सांसद, अन्य राजनीतिक दलका महिला नेत्रीहरुलाई पनि निमन्त्रणा गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]