०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

महिला सम्मेलनमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा

Logo
हिरोनेपाल प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुगेकी छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने पहिलो महिला सम्मेलनमा सहभागी हुन भण्डारी आइतबार सुर्खेत पुगेकी हुन्।

सोमबार सुर्खेत सिटीमा हलमा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा हुने पहिलो महिला सम्मेलनको उद्घाटन गर्न पूर्वराष्ट्रपति भण्डारीले गर्ने कार्यतालिका रहेको छ।

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालका अनुसार अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उदेश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरुको सहभागी हुनेछ। ११४औं श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको हो।

यस्तै, महिला सम्मेलन कार्यक्रममा मुख्यगरी उपप्रमुख र उपाध्यक्षहरुले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरुको अनुभव आदनप्रदान गरिनेछ।

कार्यक्रममा सहभागीका लागि वीरेन्द्रनगर नगरपालिकाले प्रदेश सरकार, प्रदेशसभा सांसद, अन्य राजनीतिक दलका महिला नेत्रीहरुलाई पनि निमन्त्रणा गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]