०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

एकीकृत समाजवादीका पालिकादेखि केन्द्रीयस्तरका नेताहरू एमालेमा समायोजन

Logo
हिरोनेपाल प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टीका दैलेखका नेता तथा कार्यकर्ताहरू एमालेलेमा समायोजन भएका छन्। आइतबार जिल्ला कमिटी दैलेखले आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा एमालेमा एकीकृत समाजवादीका पालिकादेखि केन्द्रीयस्तरका नेता–कार्यकर्ता समायोजन भएका छन्।

समायोजन हुनेमा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य पार्वती विशुन्के र बरुनाथ योगी रहेका छन्।

दैलेखको दुल्लुमा भएको समायोजन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका हुन्।

यस्तै, समायोजन हुनेमा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार केसर सिंह माझी, प्रदेश कमिटी सदस्य भुपेन्द्रबहादुर शाही, बालकृष्ण केसी, गोकर्ण माझी, आत्मराम उपाध्याय, खजुरी सुजी, जिल्ला कमिटी दैलेखका उपाध्यक्ष निरक शाही र जिल्ला कमिटी सचिवालय सदस्य कमल रिजाल एमालेमै फर्किएका छन्।

यस्तै, पार्टीका विभिन्न जनवर्गीय संगठन, पालिका कमिटी अध्ध्यक्ष तथा सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु गरि  पाँच सय बढी नेता–कार्यकर्ता एमालेमा समायोजन भएका छन्।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत पार्वती र बरुनाथ पार्टीका दैलेख जिल्ला सह–इन्चार्ज समेत हुन्।

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट महिला क्लस्टरमा निर्वाचित भएकी सावित्री मल्ल दैलेखको इन्चार्ज रहेकी छन्। मल्ल पनि राष्ट्रिय सभाको निर्वाचन पहिला एमालेमा फर्किने तयारी समेत थियो। तर, एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अमरबहादुर थापाले गठबन्धनकोतर्फबाट राष्ट्रिय सभाको टिकट दिने भनेपछि रोकिएकी थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]