०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

समाजवादीका केन्द्रीय सदस्य पार्वती विशुन्के र बरुनाथ योगी एमालेमा फर्किदैँ

Logo
हिरोनेपाल प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

सुर्खेत ।  नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य द्धय पार्वती विशुन्के र बरुनाथ योगी एमालेमा फर्किने भएका छन्। आइतबार (फागुन २०) गते दैलेखकाे दुल्लुमा हुने एक कार्यक्रमबीच केन्द्रीय सदस्यसहित अन्य नेता–कार्यकर्ता एमाले पार्टीमा फर्किने भएका हुन्।

उनिहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्य विनोदकुमार शाहले पार्टीमा स्वागत गर्ने एमालेका एक नेताले जानकारी दिए।

ती नेताका अनुसार एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य भुपेन्द्रबहादुर शाही, जिल्ला कमिटी दैलेखका उपाध्यक्ष निरकबहादुर शाहीको नेतृत्वमा दैलेख निर्वाचन क्षेत्र नम्बर–२ सबै नेता–कार्यकर्ता एमालेमा फर्किने तयारी भइरहेको छ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत पार्वती र बरुनाथ पार्टीका दैलेख जिल्ला सह–इन्चार्ज समेत हुन्।

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट महिला क्लस्टरमा निर्वाचित भएकी सावित्री मल्ल दैलेखको इन्चार्ज रहेकी छन्। मल्ल पनि राष्ट्रिय सभाको निर्वाचन पहिला एमालेमा फर्किने तयारी समेत थियो। तर, एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अमरबहादुर थापाले गठबन्धनकोतर्फबाट राष्ट्रिय सभाको टिकट दिने भनेपछि रोकिएकी थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]