०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

प्रवासमा रहेका नेपालीहरू राष्ट्रका सम्पत्ति हुन् : जनार्दन शर्मा

Logo
HeroNepal-tv प्रकाशित शनिबार, फाल्गुण १९, २०८०

कतार : नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री जनार्दन शर्माले प्रवासमा रहेका ४०-५० लाख नेपालीहरु राष्ट्रको पुँजी र सम्पत्ति रहेको बताउँदै प्रवासी नेपालीकै कारण राष्ट्र चलेको बताएका छन् । नेपाली जनप्रगतीशील मञ्च कतारको छैटौं महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले नेपाल निर्माण गर्ने जनशक्ति नेपालबाट बाहिरिएको बताए ।

उनले महाधिवेशनमा सहभागी वक्ताहरूले दिएका सुझाव सरकारसमक्ष उठाउने प्रतिबद्धता जनाए । उनले मञ्च कतारमा रहेका ४ लाख नेपालीहरूको अभिभावक बन्न सक्नुपर्ने बताए । राजनीतिको चपेटामा नेपाली रहेको स्वीकार्दै उनले सामन्तवादबाट थिचिएको समाजले गरेको विद्रोह तथा जनआन्दोलनमार्फत नेपालमा लोकतन्त्र र नागरिकले अधिकार प्राप्त भएको बताए । उनले नेपालको राजनीतिकरणको सिको नगरी मेलमिलाप सद्भाव र भाइचाराबाट अगाडि बढ्न कतारमा रहेका नेताहरूलाई सुझाव दिए ।

महाधिवेशनका प्रमुख अतिथिसमेत रहेका शर्माले सुशासन कायम र संविधानलाई कार्यान्वयन गर्नमा समस्या रहेको स्वीकार्दै जनताका प्रतिक्रियालाई सदैव सकारात्मक लिने गरेको बताए । विचार र योजनासहितको नयाँ पुस्तालाई राजनीतिले खोजेको बताउँदै उनले आफूले त्यसका लागि बहस थालिसकेको बताए । देशमा राजनीतिक स्थायित्व कायम गर्दै प्रवासमा रहेका सबै नेपालीले आफ्ना प्रतिनिधि छान्न प्रवासबाटै मत हाल्न पाउनुपर्ने कुरामा माओवादी सदैव अडिग रहेको र त्यसका लागि सरकारले निर्वाचन आयोगसँग छलफल शुरु गरिसकेको बताए

राजनीतिक अस्थिरताले गर्दा सरकारले गरेका

राम्रा काम ओझेलमा पर्ने गरेको उनले बताए । शर्माले आफू ४ पटक मन्त्री भए पनि जम्मा ९ महिना ऊर्जा मन्त्री भएको र त्यो अवधिमा लामो समयदेखि जनताले खेप्दै आएको लोडसेडिङको अन्त्य गर्छु भन्दा विज्ञापन निकालेर सम्भव छैन भन्ने र कुलमान घिसिङलाई प्राधिकरणमा नल्याउन दबाब दिनेलाई नै चुनौती दिँदै त्यहाँको भ्रष्टाचारलाई न्यूनीकरण गर्दै लोडसेडिङको अन्त्य गरेर जनतामाझ पुगेको बताए l

मञ्चका अध्यक्ष बुद्धिप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न महाधिवेशनमा नेपाली जनप्रगतिशील मञ्च प्रवास समन्वय समितिका सदस्य डिबि क्षेत्री, नेकपा माओवादी केन्द्र, प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा माओवादी केन्द्र, प्रवास समन्वय समितिका सह-इन्चार्ज लक्ष्मण पन्त, एनआरएनए आईसीसीका अध्यक्ष आर.के शर्मा, कतारमा स्थापित विभिन्न संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधि, वैचारिक संस्थाका प्रमुख एवम् प्रतिनिधि, विशिष्ट सामाजिक व्यक्तित्वहरूको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो l बन्द र खुला सत्र गरी दुई चरणमा सम्पन्न महाधिवेशनको खुला सत्रमा मञ्चका उपाध्यक्ष राज देवकोटाले स्वागत मन्तव्य राखेका थिए l कार्यक्रममा बालकलाकारहरु आरोही थापा, प्रज्ञा न्युरे, समृद्धि सापकोटा, दिया सिङले स्वागत नृत्य पेस गरेका थिए

‘प्रवासी नेपालीहरूमा आपसी सद्भाव र एकता अभियान ज्ञान, सीप र पुँजीको लगानी, समृद्ध नेपालको लागि छैटौं महाधिवेशन’ भन्ने नारासहित सम्पन्न महाधिवेशनको बन्द सत्रबाट राजेन्द्र देवकोटाको अध्यक्षतामा नयाँ राष्ट्रिय समिति सर्वसम्मत चयन भएको छ l राष्ट्रिय समितिका उपाध्यक्षहरूमा क्रमशः प्रकाश आले मगर, छन्द बहादुर दमाई (कृष्ण), विकाश गैरे, सरिता भण्डारी पौडेल, सेवक बि.क., राजेन्द्र सामेखाम लिम्बू, सोमनाथ कँडेल, युवा उपाध्यक्ष दीपक भट्टराई, महिला उपाध्यक्ष सावित्री तामाङ रहेका छन् l

समितिको महासचिवमा एक्का प्रसाद तामाङ, उप-महासचिवद्वयमा पूर्ण बहादुर राना र उत्तर बहादुर रोका, सचिवहरूमा क्रमशः तिलकराम भुसाल, टोपलाल जैसी, गुप्त बहादुर बिक, नौला सिंह घर्ती र तारा टमटा (कमल) रहेका छन् l कोषाध्यक्षमा जिवन न्यौपाने सह-कोषाध्यक्ष नर बहादुर थापा रहेको राष्ट्रिय समितिका सदस्यहरूमा यमलाल बन्जाडे, यज्ञ बहादुर रावत, प्रकाश घताने, चन्द्र बहादुर बिक (सन्देश), मोहन वि.क, राजेश श्रेष्ठ, कृष्ण बहादुर ताम्रकार,रण बहादुर बि.क, नयन भुजेल, वसन्त ताम्राकार, रञ्जित पुलामी मगर, मेग बहादुर बलम्पाकी मगर, माधव भण्डारी, सिद्धि लिम्बु, गणेशी ठाकुर, दुर्गा प्रसाद दर्लामी मगर, टिकाराम तामाङ, गुना कुमारी मगर, विश्व जङ्ग राई, मन कुमारी राई, राजदेव यादव, आसील महमद, चित्र थापा, भीम बहादुर बस्नेत, हरि बहादुर रावल, सुरेश केसी, गङ्गा बहादुर सुनार (स्पात) र कर्ण बहादुर ओली रहेका छन् l

नवनिर्वाचित राष्ट्रिय समितिलाई निर्वाचन समितिका संयोजक जेबी राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए l कूल ५७ सदस्यीय राष्ट्रिय समितिका अन्य बाँकी पदहरूमा महिला, जनजाति, मुस्लिम, मधेसी, थारु, सुदूरपश्चिमलगायत अन्य भेग र समुदायलाई समेटेर राष्ट्रिय समितिले मनोनीत गर्ने निर्वाचन समितिले जनाएको छ

मञ्चका सचिव विकास गैरेले सहजीकरण गरेको खुला सत्रको अवधिभर गुना मगर ‘निशु’, रेश्मी सेन्चुरी, बाबु कौशल, शान्ति वली, सृष्टि लामा, सुमित्रा भट्टराई, सुरेश बिसीले विभिन्न जनवादी गीतहरूमा आ-आफ्नो गायन तथा नृत्य प्रस्तुतिहरूमार्फत उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए । खुला सत्रको समापन गर्दै महाधिवेशनका सभापति भण्डारीले आफ्नो कार्यकाल र महाधिवेशन सफल बनाउन विभिन्न माध्यम तथा स्थानबाट सहयोग पुर्‍याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै बन्द सत्रबाट बन्ने नयाँ कार्यसमिति सँगसँगै रहेर साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए l

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटि (रास्वपा) भित्र पछिल्लो समय संसदीय जिम्मेवारी तथा पद बाँडफाँटप्रति केही सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यसपटक निर्वाचित एक सांसदले “सांसद बन्न सफल भएका कतिपयलाई जिम्मेवारीबाट छुटाइएको” भन्दै गुनासो गरेका छन्। संसदीय समितिमा पनि उस्तै असन्तुष्टि गत ३ वैशाख मा बसेको संसदीय दलको बैठकले संसदीय समितिका सभापतिहरूको नाम चयन गरेको थियो। […]

क्वालालम्पुर । Non-Resident Nepali Association Malaysia ले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघका अनुसार उक्त कार्यक्रम आगामी १ मे २०२६ का दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म Hotel Grand Continental Kuala Lumpur मा आयोजना गरिनेछ। मलेसियामा कार्यरत नेपाली श्रमिक, विभिन्न सामाजिक संघ–संस्थाका […]

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थल (अध्यागमन) जाँदा थप कागजात अनिवार्य गरिएको छ । वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि लागु हुनेगरी वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले विमानस्थलमा पुग्दा थप कागजात देखाउनुपर्ने भएको छ । तोकिएका कागजात नहुँदा विदेश जान समस्या हुन सक्ने भन्दै विभागले अनिवार्य रूपमा थप कागजात साथमा राख्न अनुरोध […]