०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाकाे पाेल्टामा

Logo
हिरोनेपाल प्रकाशित शनिबार, फाल्गुण १९, २०८०

सुर्खेत । कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा हुम्लालाई शुन्यका विरुद्ध ४ गोलको फराकिलो अन्तरले हराउँदै जुम्लाको टिम विजयी भएको हो।

जुम्लाका खेलाडी रुवीन भण्डारीको ह्याट्रिकमा ३ गोल र अर्का खेलाडी महेन्द्र शाहीले पेनाल्टी मार्फत १ गोल गर्दै जुम्लालाई जिताउन मद्दत गरे। हुम्लाले खेलको अवधिभर गोल फर्काउन सकेन।

आयोजक जुम्ला फुटवल संघका महासचिव दिपेन्द्र बिक्रम हमालका अनुसार विजेता जुम्लाको फुटबल टिमका खेलाडीलाई मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ।

यस्तै उपविजेता हुम्ला टिमका खेलाडीहरुलाई पनि मेडल र प्रमाण पत्र प्रदान गरिएको छ।

आगामी मंसिर महिनाका कर्णाली प्रदेशको सुर्खेतमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी प्रदेश स्तरीय फुटबल आयोजना गरिएको हो।

प्रतियोगितामा सहभागी खेलाडीहरुबाट छनोटका आधारमा प्रदेश स्तरीय फुटबल टिम बनाइने छ। छनोटमा परेका खेलाडीहरु १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षणमा रहनेछन्।

जुम्लामा सञ्चालित प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्लामध्ये ६ जिल्लाले सहभागी जनाएका थिए। फागुन १४ गते उद्घाटन भएको प्रतियोगिताका खेलहरु मौषम प्रतिकुलका कारण १५ गतेबाट मात्रै संचालन भएका थिए।

नकाउट चरणमा सुरु भएको प्रतियोगितामा सिधै क्वाटर फाइनलबाट खेल सुरु गरिएका थिए। क्वाटरफाइनलको पहिलो खेलमा १÷४ गोलको फराकिलो अन्तरमा मुगुलाई हराउँदै सुर्खेत बिजयी भएको थियो।

त्यस्तै दोस्रो खेलमा जाजरकोटलाई २ गोलले हराउँदै हुम्ला विजयी भएको थियो। क्वाटरफाइनलमा विजयी सुर्खेत र हुम्ला सेमिफाइनलमा सुर्खेत–जुम्ला र हुम्ला–कालिकोटबिच प्रतिस्पर्धा भएको थियो।

सेमिफाइनलमा सुर्खेतलाई पेनाल्टी सुटआउटमा ५ का विरुद्ध ६ गोल गर्दै जुम्लाले फाईनल यात्रा पक्का गरेको थियो। भने कालिकोटलाई १ का विरुद्ध २ गोलले हराउँदै हुम्ला फाइनल प्रवेश गरेको थियो। प्रतियोगितामा जुम्ला, सुर्खेत, कालिकोट, हुम्ला, मुगु र जाजरकोट जिल्ला सहभागि थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]