०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै ९ हजार महिलाले ज्यान गुमाए

Logo
एजेन्सी प्रकाशित शनिबार, फाल्गुण १९, २०८०

गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाले गरिरहेको आक्रमणमा झन्डै नौ हजार महिलाले ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घीय महिला कार्यक्रम (यूएन वुमन) ले जनाएको छ ।

धेरै महिलाहरू भग्नावशेषमुनि परेको जानकारी आएकोले यो तथ्याङ्क कम भएको पनि यूएन वुमनको प्रतिवेदनमा उल्लेख रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गाजामा युद्धका कारण दैनिक औसतमा ६३ जना महिलाले ज्यान गुमाउने गरेका छन् । युद्धले गर्दा प्यालेस्टिनी महिलाहरूलाई आफ्ना बालबालिका जोगाउन निकै समस्या भएको पनि प्रतिवेदनमा भनिएको छ ।

हरेक पाँचमध्ये चारभन्दा बढी वा ८४ प्रतिशत महिलाले उनीहरूको परिवारले द्वन्द्व शुरु हुनुअघि प्रयोग गरेको आधा वा कम खाना खाने गरेको पाइएको छ । आफ्ना छोराछोरीलाई सीमित खाना पुर्‍याउनका लागि आफूहरू कैयौँ दिनदेखि सामान्य एक छाकमा बाँचिरहेको महिलाहरूले बताएका छन् ।

गाजाको झन्डै २३ लाख जनसङ्ख्याले केही हप्ताभित्रै खाद्य असुरक्षाको गम्भीर स्तरको सामना गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]