०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै ९ हजार महिलाले ज्यान गुमाए

Logo
एजेन्सी प्रकाशित शनिबार, फाल्गुण १९, २०८०

गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाले गरिरहेको आक्रमणमा झन्डै नौ हजार महिलाले ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घीय महिला कार्यक्रम (यूएन वुमन) ले जनाएको छ ।

धेरै महिलाहरू भग्नावशेषमुनि परेको जानकारी आएकोले यो तथ्याङ्क कम भएको पनि यूएन वुमनको प्रतिवेदनमा उल्लेख रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गाजामा युद्धका कारण दैनिक औसतमा ६३ जना महिलाले ज्यान गुमाउने गरेका छन् । युद्धले गर्दा प्यालेस्टिनी महिलाहरूलाई आफ्ना बालबालिका जोगाउन निकै समस्या भएको पनि प्रतिवेदनमा भनिएको छ ।

हरेक पाँचमध्ये चारभन्दा बढी वा ८४ प्रतिशत महिलाले उनीहरूको परिवारले द्वन्द्व शुरु हुनुअघि प्रयोग गरेको आधा वा कम खाना खाने गरेको पाइएको छ । आफ्ना छोराछोरीलाई सीमित खाना पुर्‍याउनका लागि आफूहरू कैयौँ दिनदेखि सामान्य एक छाकमा बाँचिरहेको महिलाहरूले बताएका छन् ।

गाजाको झन्डै २३ लाख जनसङ्ख्याले केही हप्ताभित्रै खाद्य असुरक्षाको गम्भीर स्तरको सामना गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]