०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

सुर्खेतको भेरीगंगाबाट अवैध प्याज र चिनी बरामद

Logo
हिरोनेपाल प्रकाशित शनिबार, फाल्गुण १९, २०८०

सुर्खेत । जिल्ला प्रहरी कार्याललय सुर्खेतले भेरीगंगाबाट अवैध प्याज र चिनी बरामद गरेको छ। भेरीगंगा नगरपालिका–५ कालिदमारबाट अवैध सामान प्रहरीले बरामद गरेको हो।

रत्न राजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले प्याज र चिनी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नेपालगञ्जबाट सुर्खेततर्फ आउदै गरेको बा ५ ख ९३३१ नम्बरको फोर्स गाडीलाई चेकजाच गर्ने क्रममा कुनैपनि बिल भरपाई नभएको २५० किलो प्याज र १५० किलो चिनी बरामद गरेको प्रहरीको भनाइ रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]