०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने

Logo
HeroNepal-tv प्रकाशित शनिबार, फाल्गुण १९, २०८०

काठमाडौँ   :  जारी ट्राइनेशन टी–२० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । यसअघिका ३ खेलमध्ये २ मा हार र १ मा जित निकालेको नेपालले टस हारेर फिल्डिङ पाएको हो ।

सिरिजमा नेपालले यसअघि नामिबिया र नेदरल्याण्डसँग समान १–१ हार बेहोरेको छ । यसबाहेक, हिजै सम्पन्न खेलमा भने नामिबियाविरुद्ध ३ रनको रोमाञ्चक जित निकालेर २ अंक बटुल्दै प्रतियोगिताको दोस्रो स्थानमा छ । सिरिजको २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंक बटुलेको नेदरल्याण्ड्सविरुद्ध जित निकालेमा नेपालको फाइनल यात्राको सम्भावना बलियो बन्नेछ ।

आजको खेलमा नेपालले हार बेहोरेको खण्डमा भने फाइनल पुग्न नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । खेल साढे ११ देखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपालमा आइसिसी लिग–२ खेल्न आएका नामिबिया र नेदरल्याण्ड्सले यही वर्ष अमेरिका र क्यानडामा हुने विश्वकप प्रतियोगिताको तयारीस्वरुप सिरिज खेलिरहेका हुन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]