०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन फागुन ३० गते आह्वान गर्न सिफारिस

Logo
हिरोनेपाल प्रकाशित शुक्रबार, फाल्गुण १८, २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन फागुन ३० गते आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार (फागुन १८) गते बसेको बर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले फागुन ३० गते बुधबार अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

दोस्रो अधिवशेन अन्त्य भएको पाँच महिनापछि तेस्रो अधिवेशनका लागि आह्वान गर्ने निर्णय गरिएको हो।

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवशेन यहीँ फागुन३० गते आह्वान गर्नका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए।

यस्तै, प्रदेश सभाको दोस्रो अधिवेशनको ३९औं बैठक गत असोज २२ गते अन्त्य गरिएको थियो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]