०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन फागुन ३० गते आह्वान गर्न सिफारिस

Logo
हिरोनेपाल प्रकाशित शुक्रबार, फाल्गुण १८, २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन फागुन ३० गते आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार (फागुन १८) गते बसेको बर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले फागुन ३० गते बुधबार अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

दोस्रो अधिवशेन अन्त्य भएको पाँच महिनापछि तेस्रो अधिवेशनका लागि आह्वान गर्ने निर्णय गरिएको हो।

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवशेन यहीँ फागुन३० गते आह्वान गर्नका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए।

यस्तै, प्रदेश सभाको दोस्रो अधिवेशनको ३९औं बैठक गत असोज २२ गते अन्त्य गरिएको थियो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]