२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

गायिका कोपिला गौतमको ‘तीजै आयो लैबरी लै’ गीतको म्युजिक भिडियो सार्बजनिक ।

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र १४, २०८०

 

गायिका कोपिला गौतमको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तीजै आयो लैबरी लै’ बोलको गित लोकराज अधिकारीको शब्दमा गोबिन्द मधुर आचार्यको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ ।

गायिका कोपिला गौतम र जानु कुवँरको आवाजमा रहेको नेपाली मौलिक तीज गीतले महिलाहरूले पर्व हरितालिका तीजलाई बिसुद्द रूपमा नेपालीपनको झल्को दिने काम गरेको छ ।

तीजको नाममा भित्रिएको बिसङती र विकृतिलाई केही हद सम्म नेपाली मौलिक परम्परा थेग्न सफल यो गीतले नेपाली संस्कृतिको जगेर्ना गर्न सफल देखिएको छ । गीतमा सुनको महंगी, स्वार्थी आफन्त, बालापन, माइतीको सम्झना लगायत समसमायिक महिलाका भोगाई अवस्थालाई उनिएको छ ।

म्युजिक बैंक स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिष्ट बिमल मगर हुन् भने कृष्ण पुनले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

कोपिला गौतम, लोकराज अधिकारी र गोबिन्द मधुरको पहिले देखि नै तीज गीतको सहकार्य यस पटक पनि प्रशंसा लायक छ ।

गीतमा लोकप्रिय मोडल अन्जली अधिकारी र टिका जैसीको आकर्षक नृत्य देख्न सकिन्छ । बिक्रम चौहानको निर्देशन तथा नृत्य निर्देशन गरेको भिडियोलाई राम केसीको टिमले छायांकन गरेको हो ।
गायिका कोपिला गौतमकै अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको गीतको भिडियो सम्पादन लक्ष्मन चौहानले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]