०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

गायिका कोपिला गौतमको ‘तीजै आयो लैबरी लै’ गीतको म्युजिक भिडियो सार्बजनिक ।

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र १४, २०८०

 

गायिका कोपिला गौतमको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तीजै आयो लैबरी लै’ बोलको गित लोकराज अधिकारीको शब्दमा गोबिन्द मधुर आचार्यको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ ।

गायिका कोपिला गौतम र जानु कुवँरको आवाजमा रहेको नेपाली मौलिक तीज गीतले महिलाहरूले पर्व हरितालिका तीजलाई बिसुद्द रूपमा नेपालीपनको झल्को दिने काम गरेको छ ।

तीजको नाममा भित्रिएको बिसङती र विकृतिलाई केही हद सम्म नेपाली मौलिक परम्परा थेग्न सफल यो गीतले नेपाली संस्कृतिको जगेर्ना गर्न सफल देखिएको छ । गीतमा सुनको महंगी, स्वार्थी आफन्त, बालापन, माइतीको सम्झना लगायत समसमायिक महिलाका भोगाई अवस्थालाई उनिएको छ ।

म्युजिक बैंक स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिष्ट बिमल मगर हुन् भने कृष्ण पुनले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

कोपिला गौतम, लोकराज अधिकारी र गोबिन्द मधुरको पहिले देखि नै तीज गीतको सहकार्य यस पटक पनि प्रशंसा लायक छ ।

गीतमा लोकप्रिय मोडल अन्जली अधिकारी र टिका जैसीको आकर्षक नृत्य देख्न सकिन्छ । बिक्रम चौहानको निर्देशन तथा नृत्य निर्देशन गरेको भिडियोलाई राम केसीको टिमले छायांकन गरेको हो ।
गायिका कोपिला गौतमकै अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको गीतको भिडियो सम्पादन लक्ष्मन चौहानले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]