०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

जोर्डनले नेपाललाई हराउँदै च्याम्पियनसिपको उपाधि जित्याे

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । साउदी अरबमा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ ।

नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

फाइनल खेलमा जोर्डनलाई कडा चुनौती दिएको नेपालले पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको हो ।

खेलमा अग्रता नेपालले २९ औं मिनेटमा सविता राना मगरको गोलमा लिएको थियो । जोर्डनका लागि ७३ औं मिनेटमा लाना फिरसले बराबरी गोल फर्काएकी थिईन् ।

निर्धारित समयको खेल सकिन एक मिनेट अघि जोर्डनकी अबु सब्बाले गोल गर्दै टोलीलाई जितको नजिक पुर्याएकी थिईन् । इन्जुरी समयमा प्राप्त पेनाल्टीमा गिता रानाले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धलेलिन् ।

पेनाल्टी सुटआउटमा अमृता जैशी चुकेपछि नेपालले उपाधि जोर्डनलाई सुम्पिन पुगेको हो ।

पहिलो हाफमा जोर्डनविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको नेपालले दोस्रो हाफमा लय बिगारेको थियो । मुख्य फरवार्ड सावित्रा भण्डारी बिना मैदान उत्रिएको नेपाल पेनाल्टी सुटआउटमा चुक्न पुगेको हो ।

समूह चरण र सेमिफाइनलमा शानदार प्रर्दशन गरेको नेपालले फाइनल समेत सोही लयलाई निरन्तरता दिएको थियो । तर पेनाल्टी सुटआउटमा नेपाललाई भाग्यले साथ दिएन ।
https://fb.watch/qwPEMRf4UZ/

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]