०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

जोर्डनले नेपाललाई हराउँदै च्याम्पियनसिपको उपाधि जित्याे

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । साउदी अरबमा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ ।

नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

फाइनल खेलमा जोर्डनलाई कडा चुनौती दिएको नेपालले पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको हो ।

खेलमा अग्रता नेपालले २९ औं मिनेटमा सविता राना मगरको गोलमा लिएको थियो । जोर्डनका लागि ७३ औं मिनेटमा लाना फिरसले बराबरी गोल फर्काएकी थिईन् ।

निर्धारित समयको खेल सकिन एक मिनेट अघि जोर्डनकी अबु सब्बाले गोल गर्दै टोलीलाई जितको नजिक पुर्याएकी थिईन् । इन्जुरी समयमा प्राप्त पेनाल्टीमा गिता रानाले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धलेलिन् ।

पेनाल्टी सुटआउटमा अमृता जैशी चुकेपछि नेपालले उपाधि जोर्डनलाई सुम्पिन पुगेको हो ।

पहिलो हाफमा जोर्डनविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको नेपालले दोस्रो हाफमा लय बिगारेको थियो । मुख्य फरवार्ड सावित्रा भण्डारी बिना मैदान उत्रिएको नेपाल पेनाल्टी सुटआउटमा चुक्न पुगेको हो ।

समूह चरण र सेमिफाइनलमा शानदार प्रर्दशन गरेको नेपालले फाइनल समेत सोही लयलाई निरन्तरता दिएको थियो । तर पेनाल्टी सुटआउटमा नेपाललाई भाग्यले साथ दिएन ।
https://fb.watch/qwPEMRf4UZ/

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]