०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

आज उपाधिका लागि नेपालले जोर्डनसँग खेल्दै

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, फाल्गुण १७, २०८०

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार उपाधिका लागि जोर्डनसँग खेल्दैछ ।

लेवनानलाई हराउँदै फाइनल पुगेको नेपालले जोर्डनसँग उपाधिकालागि प्रतिस्पर्धा गर्न लागेको हो ।

साउदी अरबको जेद्धामा हुने फाइनल खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

नेपाल र जोर्डन दुवै टिम अपराजित रहदै प्रतियोगिताको फाइनल पुगेका हुन् । समूह चरण र सेमिफाइनलसम्म दुवै टिमको प्रर्दशन जबर्जस्त रह्यो ।

नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ ले हराएको थियो भने समूह चरणमा नेपालले सिरियालाई ४–१ ले, इराकलाई ५–० ले र प्यालेस्टाईनलाई ४–० ले पाखा लगाएको थियो ।

नेपालका लागि फाइनल खेलमा मुख्य खेलाडी सावित्रा भण्डारी हुने छैनिन् । फिफा विन्डो बाहिर परेकाले फाइनल खेल सावित्राले गुमाउने भएकी हुन् । प्रतियोगिताकी सर्वाधिक गोलकर्ता रहेकी सावित्राको अभाव महिला टिमलाई फाइनलमा पर्नेछ ।

सावित्राले सेमिफाइनल सहित समूह चरणका सबै खेलमा नेपालका लागि गोल गरेकी थिईन् । उनी ९ गोल सहित सर्वाधिक गोलकर्ताको दौडमा अघि छिन् ।

फाइनल खेल नेपालका लागि वास्तविक परिक्षा जस्तै हुनेछ । फिफा वरियतामा आफु भन्दा माथि रहेको जोर्डनसँग नेपालको राष्ट्रिय महिला टिमले वास्तविक परिक्षा दिनेछ । नेपालको महिला टिम फिफा वरियताको १ सय ५ औं स्थानमा र जोर्डन ७४ औं स्थानमा छ ।

जोर्डन प्रतियोगिताको साविक विजेता मात्र नभएर प्रतियोगिताको सर्वाधिक सफल टिम समेत हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]