०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

आज उपाधिका लागि नेपालले जोर्डनसँग खेल्दै

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, फाल्गुण १७, २०८०

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार उपाधिका लागि जोर्डनसँग खेल्दैछ ।

लेवनानलाई हराउँदै फाइनल पुगेको नेपालले जोर्डनसँग उपाधिकालागि प्रतिस्पर्धा गर्न लागेको हो ।

साउदी अरबको जेद्धामा हुने फाइनल खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

नेपाल र जोर्डन दुवै टिम अपराजित रहदै प्रतियोगिताको फाइनल पुगेका हुन् । समूह चरण र सेमिफाइनलसम्म दुवै टिमको प्रर्दशन जबर्जस्त रह्यो ।

नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ ले हराएको थियो भने समूह चरणमा नेपालले सिरियालाई ४–१ ले, इराकलाई ५–० ले र प्यालेस्टाईनलाई ४–० ले पाखा लगाएको थियो ।

नेपालका लागि फाइनल खेलमा मुख्य खेलाडी सावित्रा भण्डारी हुने छैनिन् । फिफा विन्डो बाहिर परेकाले फाइनल खेल सावित्राले गुमाउने भएकी हुन् । प्रतियोगिताकी सर्वाधिक गोलकर्ता रहेकी सावित्राको अभाव महिला टिमलाई फाइनलमा पर्नेछ ।

सावित्राले सेमिफाइनल सहित समूह चरणका सबै खेलमा नेपालका लागि गोल गरेकी थिईन् । उनी ९ गोल सहित सर्वाधिक गोलकर्ताको दौडमा अघि छिन् ।

फाइनल खेल नेपालका लागि वास्तविक परिक्षा जस्तै हुनेछ । फिफा वरियतामा आफु भन्दा माथि रहेको जोर्डनसँग नेपालको राष्ट्रिय महिला टिमले वास्तविक परिक्षा दिनेछ । नेपालको महिला टिम फिफा वरियताको १ सय ५ औं स्थानमा र जोर्डन ७४ औं स्थानमा छ ।

जोर्डन प्रतियोगिताको साविक विजेता मात्र नभएर प्रतियोगिताको सर्वाधिक सफल टिम समेत हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]