२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

विवादित मन्त्रीहरूलाई बर्खास्त गर्न माग सहित सरकारका कारण सङ्कट बढेको एमालेको निष्कर्ष

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, फाल्गुण ११, २०८०

काठमाण्डौ – नेकपा एमालेले सरकारको गलत आर्थिक नीतिका कारण अर्थतन्त्र कमजोर हुँदै गएको र विकास निर्माण ठप्प हुँदै गएको निष्कर्ष निकालेको छ । हिजो सकिएको केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश हरेक हिसाबले सङ्कटग्रस्त बन्दै गएको ठहर गरेको हो ।

एमालेले चर्को ब्याजदर, झण्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरु हतोत्साही अवस्थाममा पुगेको जनाएको छ । वर्तमान गठबन्धन सरकारको कुशासन, आर्थिक असफलता, भ्रष्टाचार, चरम असुरक्षा, महँगीजस्ता विषयले नेपाली नागरिक आक्रान्त रहेको, सरकार पूर्णरूपमा असफल भएको, सरकारको गैरजिम्मेवार रवैयाले व्यवस्थामाथि नै प्रश्न उठाउने काम गरेको एमालेको आरोप छ ।

एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न पनि सरकारसँग आग्रह गरेको छ । सडक दुर्घटना बढ्दा सरकारले चासो नदिएको, शिक्षा क्षेत्रमा सरकारको हस्तक्षेप उदाङ्गो भएको, सरकार कूटनीतिक मामिलामा चुकेको एमालेको निष्कर्ष छ ।

एमालेले विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न पनि माग गरेको छ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न एमालेले माग गरेको हो । सरकारले तस्करी र भ्रष्टाचारलाई संरक्षण गरेको र शासन सञ्चालनमा द्वैध चरित्र देखाएको एमालेको आरोप छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]