०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

माओवादीले उत्कृष्ट काम गर्ने लाइ सम्मान र नराम्रो गर्नेलाई कारबाही गर्ने

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, फाल्गुण १०, २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत उत्कृष्ट काम गर्ने प्रत्येक प्रदेशका तीन जनालाई सम्मान गर्ने भएको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा अभियानबारे सातै प्रदेशको रिपोर्टिङपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो घोषणा गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

‘नेताहरूको कामको आधारमा मूल्याङ्कन गरेको छ’, सापकोटाले भने, ‘अभियानमा खट्ने नेता कार्यकर्ताहरूको चार क्याटोगरी विभाजन गरेर सर्वोत्कृष्ट गर्नेलाई सम्मान गरिनेछ ।’

उनले अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘सबै प्रदेशमा को–को उत्कृष्ट भए प्रत्येक प्रदेशका तीन जनाको नाम प्रस्तुत गर्न भन्नुभएको छ । सबैभन्दा नराम्रो गर्ने तीन जनाको नाम पनि प्रस्तुत गर्नु भन्नुभएको छ ।’

उनले राम्रो गर्नेलाई सम्मान पत्र दिने र ठिकै गर्नेलाई धन्यवाद, अलि ठिकठिकै गर्नेलाई अझ राम्रो गर्न भन्ने र नराम्रो गर्नेलाई कारबाही गर्ने गर्ने निर्णय भएको छ । कारबाहीको प्रक्रिया चेतावनी, निलम्बनलगायत हुनेछन् । त्यस्तो निर्णय केन्द्र र प्रदेशले गर्नेछन् । अभियानले पार्टीलाई चलायमान बनाएको निष्कर्ष निकाल्दै अब तीनवटा अभियान चलाउने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]