०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

माओवादीले उत्कृष्ट काम गर्ने लाइ सम्मान र नराम्रो गर्नेलाई कारबाही गर्ने

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, फाल्गुण १०, २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत उत्कृष्ट काम गर्ने प्रत्येक प्रदेशका तीन जनालाई सम्मान गर्ने भएको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा अभियानबारे सातै प्रदेशको रिपोर्टिङपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो घोषणा गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

‘नेताहरूको कामको आधारमा मूल्याङ्कन गरेको छ’, सापकोटाले भने, ‘अभियानमा खट्ने नेता कार्यकर्ताहरूको चार क्याटोगरी विभाजन गरेर सर्वोत्कृष्ट गर्नेलाई सम्मान गरिनेछ ।’

उनले अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘सबै प्रदेशमा को–को उत्कृष्ट भए प्रत्येक प्रदेशका तीन जनाको नाम प्रस्तुत गर्न भन्नुभएको छ । सबैभन्दा नराम्रो गर्ने तीन जनाको नाम पनि प्रस्तुत गर्नु भन्नुभएको छ ।’

उनले राम्रो गर्नेलाई सम्मान पत्र दिने र ठिकै गर्नेलाई धन्यवाद, अलि ठिकठिकै गर्नेलाई अझ राम्रो गर्न भन्ने र नराम्रो गर्नेलाई कारबाही गर्ने गर्ने निर्णय भएको छ । कारबाहीको प्रक्रिया चेतावनी, निलम्बनलगायत हुनेछन् । त्यस्तो निर्णय केन्द्र र प्रदेशले गर्नेछन् । अभियानले पार्टीलाई चलायमान बनाएको निष्कर्ष निकाल्दै अब तीनवटा अभियान चलाउने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]