०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

पत्नीसँगको झगडामा पवन खतिवडा मुखभरि घाउ लिएर अन्तर्वार्तामा 

Logo
हिरोनेपाल प्रकाशित बुधबार, फाल्गुण ०९, २०८०

काठमाडौँ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र उनकी पत्नी सुम्निमा खालिङको विवाद यतिखेर सञ्चारमाध्यममा छताछुल्ल भएको छ।

यसै क्रममा पवन मुखभरि घाउ लिएर अन्तर्वार्तामा देखिएका छन्। जुन भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

पवनले श्रीमती सुम्निमा र केही अभियन्ताले आफूलाई कुटपिट गरेको दाबी गरेका छन्।

सार्वजनिक भिडिओ क्लिप्लसमा पवनले आफूले अन्यायमा परेको भए पत्नी सुम्निालाई अदालतमा मुद्दा हाल्न सुझाव दिएको तर उनले त्यसो नगरी मिडियाबाजी गरेको आरोप लगाएका छन्।

साथै उनले आफूले कुनै गल्ती नगरेको र गल्ती भेटिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको जिकिर गरेका छन्।

‘तपाईंहरूले मेरो गल्ती भेटियो भने निष्फिक्री क्या! म जस्तोसुकै सजाय पनि भोग्न तयार छु। यत्ति बोल्छु अहिलेलाई म’, उनले मुखभरि घाउ लिएर भनिरहेका छन्।’

उहाँ (सुम्निमा) ले पनि यही भन्नुहुन्छ नि भन्ने प्रश्नमा पवन भन्छन्, ‘त्यो कुरा त आउला नि त, सजाय। यो कुरा लिएर त अदालत जानुपर्थ्यो नि, होइन र? पुलिसकोमा जानुपथ्र्याे नि? हिजो र अस्तिको दिन पुलिसकोमा जाँदाखेरि प्रहरीले यो केस भनेको यस्तो केस हो, अदालत जानु भन्दाखेरि उल्ले उल्लाई हाल न मुद्दा, तिमी हाल मुद्दा, भख्दाखेरि ऊ नहाल्ने! अनि म आज वकिलकोमा गाँथेँ। दिनभरि, मेरा नागरिकताहरू यहीँनिर छ। उसको डकुमेन्टहरू लिएर म गको थिएँ मुद्दा हाल्न। जाँदाखेरि त्यसपछि यो कुराहरू आयो। अचम्म लाग्यो क्या मलाई। कानुनी रूपमा जाँदाखेरि न्याय दिन्छ त हो कानुनले यार! दिँदैन र? सबै कुरा मिडिया होइन नि त!’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]