०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

पत्नीसँगको झगडामा पवन खतिवडा मुखभरि घाउ लिएर अन्तर्वार्तामा 

Logo
हिरोनेपाल प्रकाशित बुधबार, फाल्गुण ०९, २०८०

काठमाडौँ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र उनकी पत्नी सुम्निमा खालिङको विवाद यतिखेर सञ्चारमाध्यममा छताछुल्ल भएको छ।

यसै क्रममा पवन मुखभरि घाउ लिएर अन्तर्वार्तामा देखिएका छन्। जुन भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

पवनले श्रीमती सुम्निमा र केही अभियन्ताले आफूलाई कुटपिट गरेको दाबी गरेका छन्।

सार्वजनिक भिडिओ क्लिप्लसमा पवनले आफूले अन्यायमा परेको भए पत्नी सुम्निालाई अदालतमा मुद्दा हाल्न सुझाव दिएको तर उनले त्यसो नगरी मिडियाबाजी गरेको आरोप लगाएका छन्।

साथै उनले आफूले कुनै गल्ती नगरेको र गल्ती भेटिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको जिकिर गरेका छन्।

‘तपाईंहरूले मेरो गल्ती भेटियो भने निष्फिक्री क्या! म जस्तोसुकै सजाय पनि भोग्न तयार छु। यत्ति बोल्छु अहिलेलाई म’, उनले मुखभरि घाउ लिएर भनिरहेका छन्।’

उहाँ (सुम्निमा) ले पनि यही भन्नुहुन्छ नि भन्ने प्रश्नमा पवन भन्छन्, ‘त्यो कुरा त आउला नि त, सजाय। यो कुरा लिएर त अदालत जानुपर्थ्यो नि, होइन र? पुलिसकोमा जानुपथ्र्याे नि? हिजो र अस्तिको दिन पुलिसकोमा जाँदाखेरि प्रहरीले यो केस भनेको यस्तो केस हो, अदालत जानु भन्दाखेरि उल्ले उल्लाई हाल न मुद्दा, तिमी हाल मुद्दा, भख्दाखेरि ऊ नहाल्ने! अनि म आज वकिलकोमा गाँथेँ। दिनभरि, मेरा नागरिकताहरू यहीँनिर छ। उसको डकुमेन्टहरू लिएर म गको थिएँ मुद्दा हाल्न। जाँदाखेरि त्यसपछि यो कुराहरू आयो। अचम्म लाग्यो क्या मलाई। कानुनी रूपमा जाँदाखेरि न्याय दिन्छ त हो कानुनले यार! दिँदैन र? सबै कुरा मिडिया होइन नि त!’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]