०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

अप्रेसनको डरले अस्पतालबाट एक्लै हिँडेकी उज्जली प्रसूति व्यथाले बाटोमै ढलिन्..

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र ११, २०८०

काठमाडौं । प्रसूति व्यथा लागेपछि अस्पताल पुर्‍याइएकी बाजुरा जारिमतोलाकी गर्भवतीले अप्रेसनको डरले अस्पतालबाट फर्किने क्रममा बाटोमै शिशुलाई जन्म दिएकी छन् ।

बाजुराको बूढीगंगा नगरपालिका १० वडाध्यक्ष तथा नेकपा एमालेका नेता डेभिड क्षेत्रीले वडाध्यक्ष र स्वास्थ्य इन्चार्जको रोहबरमा बाटोमै सुत्केरी भएकी हुन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ जारिमतोला निवासी ३२ वर्षीया उज्जली सुनार उपचारका क्रममा अछामको बयलपाटा अस्पताल पुगेकी थिइन् ।

चिकित्सकले उनको स्वास्थ्य जाँच गर्ने क्रममा बच्चा पाउने अवधि दुई साता नाघिसकेको भन्दै तत्काल शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने सुझाव दिएका थिए ।

वडाध्यक्ष क्षेत्रीका अनुसार डाक्टरको सल्लाहपछि अप्रेसनको डरले उनी घर फर्किने क्रममा बूढीगंगा नगरपालिका वडा नम्बर १ स्थित पानीभुवाको सडकमा व्यथा लागेर ढलेकी थिइन् ।

उनलाई सडकमा ढलेको अवस्थामा सोही वडाकी अनमी सिर्जना सार्कीले सघाएर शिशुलाई जन्म दिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिएका छन् । उनले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै घरसम्म पुर्‍याउन सहयोगको आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]