०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

१२ वर्षीया बालिकालाई यौन दुरुपयोग आरोपमा २२ वर्षीय पक्राउ

Logo
हिरोनेपाल प्रकाशित मंगलबार, फाल्गुण ०८, २०८०

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरूपयोग गरेको आरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २२ वर्षीय विकास बुढा रहेका छन्।

बुढाको घरमा बस्दै आएकी १२ वर्षीय बालिकालाई विकासले फागुन ३ गते यौन दुरूपयोग गरेको भन्ने जाहेरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

भगवतीमाई गाउँपालिका–७ स्थायी वतन भएकी १२ वर्षीय बालिका परिवर्तित नाम थर ६२ दैलेख (क) ४४ विकास बुढाको घरमा बसोबास गर्दै आएकी थिइन्।

ती बालिकालाई २२ वर्षीय युवक विकासले यौन दुरुपयोग गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरि थप अनुसन्धान भइरहेको छ।

यस्तै, प्रहरीका अनुसार विकासलाई अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको छ।

यस्तै, केही दिनअघि मात्र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख प्रहरीले नारायण नगरपालिका–८ का वीरेन्द्रबहादुर बस्नेतलाई पनि पक्राउ गरिएको छ।

पछिल्लो समय दैलेखमा बाल यौन दुर्व्यवहारका घटना बढ्दै गएका छन्। करिब दुई हप्ताको अन्तरमा मात्रै दुई जना बालिकामाथि बाल यौन दुरुपयोग र बलात्कारको आरोपमा दुई जनलाई पक्राउ परेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]