१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

कालापहाड जाने कर्णालीबासीको हालखबर के छ?

Logo
हिरोनेपाल प्रकाशित मंगलबार, फाल्गुण ०८, २०८०

सुर्खेत । वैदेशिक रोजगारको तथ्यांक हेर्ने हो भने दैनिक ३ हजार जना विभिन्न कारणले विदेश पलायन भइरहेका छन्। केही समय अघिसम्म रोजगारीका लागि खाडी मुलुक ताक्ने नेपालीको अहिले पहिलो रोजाइ युरोपियन मुलुक देखिन्छ।

कर्णालीका ७० प्रतिसत भन्दा बढी नागरिक कालापहाड (भारत) जाने गरेका छन्। पछिल्लो समय रुकुम पश्चिम लगाएतका ठाउँबाट गाउँनै रित्तो हुनेगरी चोरीबाटो भएर अमेरीका जानेहरुको तथ्याङ्क राज्यसँग छैन्।

खुल्ला सीमाको उपयोग गर्दै रोजगारीका लागि कालापहाड जाने कर्णालीबासीको हालखबर राज्यलाई थाहा छैन। वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा यही विषय वरिपरि रहेर ‘देश जान्या’ भन्ने विषयमाथि छलफल भएको थियो।

उक्त सत्रमा वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल, नेपाल श्रमिक आपुर्तिकर्ता संघका अध्यक्ष राजेन्द्र शाह, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी र पत्रकार चेतन अधिकारी वक्ताका रुपमा बोलाइएका थिए।

रोजगारीको अवसरको खोजीमा नेपालीहरू भौतारिँदै विदेशिने समस्या अहिलेको नभई २०० वर्ष पुरानो भएको पत्रकार चेतन अधिकारीले बताए। तर अहिले त्यसको स्वरुप भने बदलिएको उनको बुझाई छ।

‘वैदेशिक रोजगारीमा सन् १८०० देखि नै जाने गरेको पाइन्छ्। गोर्खा आर्मी हुँदै नेपाली यूवा पलायन शुरु भएको हो,’ सत्रमा बोल्दै अधिकारीले भने ‘यसका सकारात्मक र नकारात्मक लक्षहरु छन्। दुवै पक्षलाई केलायर सुधारका काम गर्न आवश्यक छ।’

अहिले पनि ५० लाख नेपाली देश बाहिर भएपनि राज्यको तथ्याङ्कमा भने २२ लाख मात्रै रहेका उनले बताए। अवसर देखिरहेका नेपालीले विकसित देशहरुको लचकतासँगै अवसरको ढोका प्रयोग गरेको अधिकारी बताउँछन्।

‘हाम्रो यूवा जनशक्तिलाई कस्ले प्रयोग गरिरहेका छन्? भारतमा यूवा छन्, गल्फ कन्ट्रिमा यूवा छन्’ उनले भने, ‘देशमा यूवा हुनुको अवसर राज्यले गुमाई रहेको छ। कन्ट्रि अफ यूथ नेपालले उपभोग गर्न पाएको छैन।’

उनले वैदेशिक रोजगारले बसाई सराईमा समेत ठूलो समस्या निम्त्याएको र त्यसलाई राज्यले गम्भिरताका साथ हेर्नु पर्ने बताए।

‘बसाइसराइका कारण गाउँका विद्यालयहरु रित्तिँदै छन्। स्वास्थ्य सेवा बन्द हुन थालेका छन्। अन्य सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँहरु खाली भएका छन्,’ उनले भने, ‘माइग्रेसन फ्लो दोहोरो हुनुपर्छ। मस्तिष्क पलायन नेपालमा सबैभन्दा ठूलो समस्या भाएको छ। त्यतातिर हाम्रो ध्यान अझै पुग्न सकेको छैन।’

अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई नेपाल फर्काउने रणनीति सरकारसँग नहुँदा समस्या भएको नेपाल श्रमिक आपुर्तिकर्ता संघका अध्यक्ष राजेन्द्र शाह बताउँछन्।

‘अहिले पनि ठूलो संख्यामा यूवाहरु बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदै छन्। उनीहरु खाडी मुलुकमा गइरहेका छन्,’ उनले भने, ‘विदेश गएकै संख्यामा नेपाल पनि फर्किएका छन्। तर उनीहरुलाई कसरी नेपालमा राख्ने प्रश्न हो।’

वैदेशिक रोजगारबाट फर्केकाहरूको तथ्याङ्क समेत राज्यले राख्न नसकेको उनले बताए।

‘वैदेशिक रोजगारबाट फर्किएकाहरु कहाँ छन्? उनीहरुले केही पैसा र सीप पनि ल्याएर फर्किएका छन्। तर उनीहरुको सीप हामीले उपयोग गर्न किन सकिरहेका छैनौं?’ उनी राज्यलाई प्रश्न गर्छन्।

वैदेशिक रोजगारमा जानेहरु एजेन्टबाटै ठगिएको उनले बताए।

‘राज्यले एजेन्टलाई चिन्दैन। तर एजेन्टबिना कुनै पनि यूवा विदेश जाँदैनन्’ उनले भने, ‘हुम्लाको एउटा यूवा साउदी पुग्दासम्म लाखौं रुर्पैयाँ खर्च गर्छ। राज्यले उनीहरुको व्यवस्थापन नै गर्न सकेको छैन।’

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु ठगिमा पर्नुको मुख्य कारण बाहिरी गिरोह भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन्।

‘आज गाउँनै रित्तो हुनेगरी रुकुमका मान्छेहरु अमेरिका गइरहेका छन्। उनीहरु म्यानपावर कम्पनि मार्फत गएका छैनन्। उनीहरु दलाली गिरोहबाट विदेश जाँदा समस्या भएको छ’ उनले भने।

राज्यले प्रष्ट कानुन नबनाउँदा एजेन्टहरु मौलाएको अध्यक्ष भण्डारीले बताए।

‘सरकारले फ्रि भिजा, फ्रि टिकट भनेपनि निश्चित मापदण्ड नबनाउँदा समस्या भएको छ। उनीहरुको टिकट, स्वास्थ्य परीक्षण, आवश्यक तालिम र राहदानी लगाएतका विषयमा शुल्क लाग्ने गरेको छ,’ उनले भने, ‘मिटरव्याजी ऋण गरेर विदेशीयका उनीहरु त्यस्कै पासोमा पर्ने गरेका छन्।’

यूवा वैदेशिक रोजगारमा जाँदैमा खत्तमै भयो भन्ने भास्य निर्माण गरिएको वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल बताउँछन्। ‘वैदेशिक रोजगारका लागि जानु नराम्रो हैन। तर जाने तरिका भने अनेक थरिका छन्। विदेशीनु नराम्रो हैन। तर विदेशिने बाटो नराम्रो भयो,’ उनले भने।

सरकारले नचिन्ने बाटो अपनाउँदा युवाहरुले दुःख पाउने गरेको ढकाल बताउँछन्।

‘देशको एक चौथाई जीडीपी ओगटेको वैदेशिक रोजगारलाई राज्यले पर्याप्त लगानी गर्न नसकेको सत्य नै हो। त्यसमा सुधार आवश्यक छ,’ उनले भने, ‘श्रम स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ। तर वैदेशीक रोजगारीमा जानेहरुले श्रम स्वीकृति नलिँदा समस्या भएको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतलगायत १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन मागेको हो। इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न नसकेको ठहर गर्दै ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै प्रशासनबाट अनुमति लिइएको भए पनि प्रदर्शन क्रमशः हिंसात्मक बन्दै जाँदा गुरुङलगायत आयोजकहरूले त्यसलाई नियन्त्रण गर्न नसकेको आयोगले […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाबाट कमजोरी भएको ठहर गरेको छ। जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार हननसम्बन्धी घटनाको अनुसन्धानपछि आयोगले बुधबार सार्वजनिक गरेको सिफारिस प्रतिवेदनमा उक्त निष्कर्ष उल्लेख गरिएको हो। प्रतिवेदनमा भनिएको छ, “अनुसन्धानका क्रममा संकलित प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा भदौ २३ […]