०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

गौर घटनाका पीडितले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने प्रभु साहको चेतावनी

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र ११, २०८०

काठमाडौँ   – आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका पीडितहरूले देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले सत्ता जोगाउनका लागि गौर घटनाको अनुसन्धानबाट पछि हट्ने षड्यन्त्र भइरहेको भन्दै देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका हुन् । उनले गौर घटनाका पीडितसँग प्रधानमन्त्रीले बालुवाटारमा सहमति गरेपनि कुर्सी हल्लिने भएपनि पछि हटेको जिकिर गरे ।

गौर घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानबिन समेत हुन नसकेको उनको भनाइ छ । साहले विभिन्न प्रकरणहरू लुकाउनका लागि सरकारले नयाँ नयाँ प्रकरण ल्याउने गरेको तर्क गरे ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणको रेकर्ड सरकारसँग रहेपनि ठूला व्यक्तिहरूलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । राजतन्त्र फालेपनि अहिले छाटेराजाहरुको शासन रहेको र जनता लाचार भएको टिप्पणी गरे । उनले अहिलेको शासन प्रणालीबाट देशको हित सम्भव छ कि छैन भन्ने बहस हुनुपर्ने बताए । साहले सदनमा प्रतिपक्षी र सत्तापक्ष देखाउनका लागि मात्रै भएको र भागबन्डामा एक हुने गरेको तर्क गरे ।

उनले लोकतन्त्रमा कानूनी शासन हुने भएपनि संविधानलाई नेताहरूले खल्तीमा हालेर हिँडेको जिकिर गरे । सर्वोच्चले कोशीमा गैरसंवैधानिक काम भएको भनेपनि राज्य र दलहरू सचेत हुन नसकेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]