०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

फोनिज मलेसियाले “फोनिज मलेसिया पत्रकारिता पुरस्कार” प्रदान गर्ने

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, फाल्गुण ०८, २०८०

मलेसिया :-  फोनिज मलेसिया शाखाको फेब्रुअरी १८ तारीख बसेको पहिलो बैठकबाट बर्षका उत्कृष्ट दुई पत्रकारलाई “फोनिज मलेसिया पत्रकारिता पुरस्कार” प्रदान गर्ने निर्णय गरेकोछ ।

फोनिज मलेसिया शाखाका अध्यक्ष अर्पण मगर “बुद्ध”को अध्यक्षतामा बसेको बैठकबाट २०२४-२०२६ कार्यकालको ८ बुदे कार्य विधि पारित गरेकोछ । फोनिजका संघिय समितिको सिफारिसमा एक अल्पसंख्यक सहित दुई उत्कृष्ट फोनिज कर्मी पत्रकारलाई प्रत्येक बर्ष रु १० हजार १० नगद पुरस्कार सहित “फोनिज मलेसिया पत्रकारिता पुरस्कार” बाट सम्मान गर्ने कार्य विधिको पाँचौं बुदामा उल्लेख भएको छ ।

 

साथै कोष स्थापना र बर्षमा २ वटा पत्रकारिता क्षमता अभिबृद्धि तालिम तथा प्रशिक्षण गर्ने कार्य विधिमा पारित भएको अध्यक्ष अर्पन मगर “बुद्ध” ले जानकारी दिए ।

 

फोनिज मलेसिया शाखा दोस्रो अधिवेशन जनवरी २५ तारिख सम्पन्न भएको थियो । नव समिति १३ सदस्यीय समिति गठित भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]