०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

फोनिज मलेसियाले “फोनिज मलेसिया पत्रकारिता पुरस्कार” प्रदान गर्ने

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, फाल्गुण ०८, २०८०

मलेसिया :-  फोनिज मलेसिया शाखाको फेब्रुअरी १८ तारीख बसेको पहिलो बैठकबाट बर्षका उत्कृष्ट दुई पत्रकारलाई “फोनिज मलेसिया पत्रकारिता पुरस्कार” प्रदान गर्ने निर्णय गरेकोछ ।

फोनिज मलेसिया शाखाका अध्यक्ष अर्पण मगर “बुद्ध”को अध्यक्षतामा बसेको बैठकबाट २०२४-२०२६ कार्यकालको ८ बुदे कार्य विधि पारित गरेकोछ । फोनिजका संघिय समितिको सिफारिसमा एक अल्पसंख्यक सहित दुई उत्कृष्ट फोनिज कर्मी पत्रकारलाई प्रत्येक बर्ष रु १० हजार १० नगद पुरस्कार सहित “फोनिज मलेसिया पत्रकारिता पुरस्कार” बाट सम्मान गर्ने कार्य विधिको पाँचौं बुदामा उल्लेख भएको छ ।

 

साथै कोष स्थापना र बर्षमा २ वटा पत्रकारिता क्षमता अभिबृद्धि तालिम तथा प्रशिक्षण गर्ने कार्य विधिमा पारित भएको अध्यक्ष अर्पन मगर “बुद्ध” ले जानकारी दिए ।

 

फोनिज मलेसिया शाखा दोस्रो अधिवेशन जनवरी २५ तारिख सम्पन्न भएको थियो । नव समिति १३ सदस्यीय समिति गठित भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]