२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

यात्रा सकाउदै बालुवाटार पुगेर ईः ले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Logo
HeroNepal-tv प्रकाशित सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । ‘लुम्बिनी–सिहंदरबार’ यात्रा सकाएर सामाजिक अभियान्त ईः ले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुलाई ज्ञापनपत्र बुझाएका छन् ।

ईः सहितको टोलीले गत माघ २८ गते लुम्बिनीबाट यात्रा सुरु गरेका थिए । उनीहरूले सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानसहितको समाजवादउन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न तथा आमजनतामुखी शासन प्रोत्साहनका लागि संघीय सरकारको भूमिका सम्झाउन लुम्बिनी–सिहंदरबार यात्रा गरेको बताएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ईःले पाँच पृष्ठको मागपत्र सुनाएका थिए । त्यसमा सडक व्यापारको वस्तुगत अवस्था, तहगत सरकारको संवैधानिक, कानुनी र नीतिगत वाचा, सरकारले लिनुपर्ने ठोस पहलबारे आफूहरुको माग, तत्कालीन, दिगो समाधानका विषय लगायत उल्लेख गरिएको थियो ।

मागपत्र सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू मागप्रति सकारात्मक रहेको बताएका ईःले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]