०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

ऐजनलाल मृत्यु प्रकरणः पीडित परिवारले गरे सडक अवरूद्ध

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र ११, २०८०

धनगढीको स्वस्तिक अस्पतालमा चिकित्सकको लापर्वाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले सडक अवरुद्ध पारेका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५६ वर्षीय ऐजनलाल चौधरीको चिकित्सकको लापर्वाहीका कारण मृत्यु भएका भन्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन् ।

दुवै किड्नीमा पत्थरी भएपछि भदौ ९ गते ऐजनलाललाई अस्पताल भर्ना गरिएको थियो । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी दुईवटा र दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी रहेको जानकारी चिकित्सकहरूले दिएका थिए ।

उपचारको क्रममा चिकित्सकले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ । शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका छन् ।

मृतकका आफन्तले सो अस्पताल सडक क्षेत्रमा चक्काजाम गराएका छन् ।

उनीहरूले धनगढीको शहीद गेटमा सडकमा अवरोध सिर्जना गर्दै सवारीसाधन चल्न दिएका छैनन् ।

यस्तै घटनाको बारेमा स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबिच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

घटनाको सत्यतथ्य सार्वजनिक, उपचारमा संलग्न चिकित्सकलाई कारबाही र उचित क्षतिपूर्तिको मागबारे मृतकका आफन्त र अस्पतालबिच छलफल भएपनी वार्ता बिना निष्कर्ष टुंगिएको हो ।

वार्ता निष्कर्षविहीन बनेपछि अस्पतालविरुद्ध आफन्तले प्रदर्शन सुरु गरेका हुन् ।

ऐजनलालको डाक्टर जोनस तिवारीको लापर्वाहीका कारण उपचारका क्रममै ९ गते दिउँसो २ बजे मृत्यु भैसकेको मृतक चौधरीका छोरा बुद्धिराम चौधरीले बताए । उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिदै अप्रेशन कोठामा लगेको २ दिन हुन लाग्दा समेत बिरामी बुवासँग भेट्न नदिएको र लापरवाहीले बुवाको मृत्यु भएको बताए । अस्पतालमा बिहानैदेखि सुरक्षा सतर्कता बढाइएको छ ।

यता अस्पतालले बायाँ किड्नीको पत्थरीको शल्यक्रियाका क्रममा रक्तश्राव नरोकिएपछि बिरामीको मृत्यु भएको बताएको छ । अस्पतालका अध्यक्ष महेश जोशीले अप्रेसनका क्रममा मृत्यु हुनुको कारण अहिले नै भन्न नसकिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]