०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

ऐजनलाल मृत्यु प्रकरणः पीडित परिवारले गरे सडक अवरूद्ध

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र ११, २०८०

धनगढीको स्वस्तिक अस्पतालमा चिकित्सकको लापर्वाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले सडक अवरुद्ध पारेका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५६ वर्षीय ऐजनलाल चौधरीको चिकित्सकको लापर्वाहीका कारण मृत्यु भएका भन्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन् ।

दुवै किड्नीमा पत्थरी भएपछि भदौ ९ गते ऐजनलाललाई अस्पताल भर्ना गरिएको थियो । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी दुईवटा र दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी रहेको जानकारी चिकित्सकहरूले दिएका थिए ।

उपचारको क्रममा चिकित्सकले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ । शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका छन् ।

मृतकका आफन्तले सो अस्पताल सडक क्षेत्रमा चक्काजाम गराएका छन् ।

उनीहरूले धनगढीको शहीद गेटमा सडकमा अवरोध सिर्जना गर्दै सवारीसाधन चल्न दिएका छैनन् ।

यस्तै घटनाको बारेमा स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबिच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

घटनाको सत्यतथ्य सार्वजनिक, उपचारमा संलग्न चिकित्सकलाई कारबाही र उचित क्षतिपूर्तिको मागबारे मृतकका आफन्त र अस्पतालबिच छलफल भएपनी वार्ता बिना निष्कर्ष टुंगिएको हो ।

वार्ता निष्कर्षविहीन बनेपछि अस्पतालविरुद्ध आफन्तले प्रदर्शन सुरु गरेका हुन् ।

ऐजनलालको डाक्टर जोनस तिवारीको लापर्वाहीका कारण उपचारका क्रममै ९ गते दिउँसो २ बजे मृत्यु भैसकेको मृतक चौधरीका छोरा बुद्धिराम चौधरीले बताए । उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिदै अप्रेशन कोठामा लगेको २ दिन हुन लाग्दा समेत बिरामी बुवासँग भेट्न नदिएको र लापरवाहीले बुवाको मृत्यु भएको बताए । अस्पतालमा बिहानैदेखि सुरक्षा सतर्कता बढाइएको छ ।

यता अस्पतालले बायाँ किड्नीको पत्थरीको शल्यक्रियाका क्रममा रक्तश्राव नरोकिएपछि बिरामीको मृत्यु भएको बताएको छ । अस्पतालका अध्यक्ष महेश जोशीले अप्रेसनका क्रममा मृत्यु हुनुको कारण अहिले नै भन्न नसकिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]