२२ जेठ २०८३, शुक्रबार
05-06-2026 , Fri
×

भारतमा चलिरहेको छ ‘दान्भी’ को सुटिङ, एक्सन लुकमा पूजा शर्मा

Logo
हिरोनेपाल प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौँ । पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’ को छायाङ्कन धमाधम भइरहेको छ। रुपेश तामाङको निर्देशनमा यस फिल्मको सुटिङ यतिखेर भारतको कालिम्पोङमा चलिरहेको छ।

फिल्मको छायांकनमा मूख्य कलाकारहरु पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन्। एक सातादेखि कालिम्पोङमा रहेकी अभिनेत्री शर्माले भनिन्–‘हामीले फिल्मको मुख्य अंशको छायाँकन गरिरहेका छौँ। अझै, एक साता छायांकन सेड्यूल छ।’

यसअघि निर्माणटिमले फिल्मको एक्सनपूर्ण टिजर सार्वजनिक गरेको थियो। जसमा पूजाको एक्सन लुकलाई दर्शकले मन पराएका थिए।

फिल्मको काम सकेपछि मात्र प्रदर्शन मिति तय गर्ने तयारी छ।

फिल्मको टिजर सार्वजनिक भएपनि प्रदर्शन मिति भने तय गरिएको छैन। फिल्ममा पूजा र कुन्साङको साथमा फिल्म ‘पर्खी बसेँ तिमीलाई’ का अभिनेता किरण श्रेष्ठको पनि अभिनय छ।

देव मगर र अनुप गडालको लगानी रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन्। फिल्ममा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह–निर्माताको रुपमा छन्।

रविना थापा मगरको कथा रहेको फिल्मको पटकथा तथा संवाद संजोग कुवँर रानाले लेखेका हुन्। श्री श्रेष्ठको एक्सन निर्देशन रहेको फिल्ममा हरिबहादुर घलेले खिचिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतलगायत १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन मागेको हो। इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र […]

नेपालबाट इजरायलले २ हजार ३ सय कामदार लैजाने भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारका रूपमा २ हजार ३ सय नेपाली कामदार लैजाने गरी वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ । कुल माग सङ्ख्यामध्ये ४० प्रतिशत पुरुष र ६० प्रतिशत महिला कामदारका […]