०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

राजनीतिमा अब्बल शाह, जसका कारण एमाले दैलेखको नेतृत्व सर्वसम्मत

Logo
हिरोनेपाल प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौँ । गत माघ २७ गते देखि फागुन १ गतेसम्म चलेको दैलेखको आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । नेता सूर्यबहादुर शाहीको नेतृत्वमा ९१ सदस्यीय जिल्ला कमिटी सँगै लेखा आयोग सर्वसम्मत चयन गरिएको हो ।

यस्तै, उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा हिमालयजंग शाह, उप–सचिवमा मीनबहादुर बुढा र ताराकुमारी सोनी सर्वसम्मत चयन भएका हुन् ।

विगतदेखि नै एमाले दैलेखको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै आएको थियो । तर, यस पटक भने एमाले केन्द्रीय तथा कर्णाली प्रदेश कमिटीका पूर्वअध्यक्ष विनोदकुमार शाहका कारण सर्वसम्मत नेतृत्व चयन भएको चर्चा हुन थालेको छ ।

एमाले महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गरेर काठमाडौँ फर्किएका थिए । नयाँ नेतृत्व चयनका लागि ९ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलको अध्यक्षमा बनेको अध्यक्ष मण्डलको सदस्यहरुमा पोलिटब्यूरो सदस्य लक्ष्मिप्रसाद पोखरेल, केन्द्रीय सदस्यहरु राजबहादुर बुढा, विष्णु रिजाल, विनोदकुमार शाह, धर्मराज रेग्मी, मिनासिंह रखाल, सूर्यकुमारी श्रेष्ठ र कर्णाली प्रदेश कमिटी उप–सचिव रविन्द्रराज शर्मा रहेका थिए ।

अध्यक्ष मण्डलमा रहेका थोरै मध्ये धेरै सदस्यहरुले सर्वसम्मत नेतृत्व छान्ने प्रयासमा थिए भने अन्य निर्वाचन नै गर्ने भनेर उम्मेदवार बोकेर अगाडी बढेको अध्यक्ष मण्डलका एक सदस्यले जानकारी दिए ।

उनले भने, ‘केही नेताहरुले अध्यक्ष पदमा उम्मेदवार प्रेमबहादुर बुढार नन्दकिशोर बस्नेतलाई बोकेर अगाडी बढ्नुभएको थियो । त्यो कुरामा विनोद शाहज्यूले सूर्यबहादुर शाहीको नेतृत्वमा सर्वसम्मत गरेपछि सबैतिर मिलेर जाने सुझाव दिएपछि अध्यक्ष मण्डलले उक्त प्रयास गरेको थियो । नजिता पनि त्यसैगरि आयो ।’

एमाले नेता शाहले अधिवेशन जारी रहेको समयमा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै दैलेखमा सर्वसम्मत हुने दाबी गरेका थिए । शाहको त्यो दाबी अन्तिममा आएर प्रमाणित भएको छ ।

उनले लेखेका थिए, ‘समाजिक सञ्जालमा आएको कुरा भइसकेको अवस्था होइन् । तर, परिस्थिति त्यतातिर उन्मुख छ । दैलेखमा सर्वसम्मत हुन्छ । नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्तालाई यस अभियानमा समावेश हुन हार्दिक आह्वान गर्दछु ।’

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]