०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

राजनीतिमा अब्बल शाह, जसका कारण एमाले दैलेखको नेतृत्व सर्वसम्मत

Logo
हिरोनेपाल प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौँ । गत माघ २७ गते देखि फागुन १ गतेसम्म चलेको दैलेखको आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । नेता सूर्यबहादुर शाहीको नेतृत्वमा ९१ सदस्यीय जिल्ला कमिटी सँगै लेखा आयोग सर्वसम्मत चयन गरिएको हो ।

यस्तै, उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा हिमालयजंग शाह, उप–सचिवमा मीनबहादुर बुढा र ताराकुमारी सोनी सर्वसम्मत चयन भएका हुन् ।

विगतदेखि नै एमाले दैलेखको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै आएको थियो । तर, यस पटक भने एमाले केन्द्रीय तथा कर्णाली प्रदेश कमिटीका पूर्वअध्यक्ष विनोदकुमार शाहका कारण सर्वसम्मत नेतृत्व चयन भएको चर्चा हुन थालेको छ ।

एमाले महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गरेर काठमाडौँ फर्किएका थिए । नयाँ नेतृत्व चयनका लागि ९ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलको अध्यक्षमा बनेको अध्यक्ष मण्डलको सदस्यहरुमा पोलिटब्यूरो सदस्य लक्ष्मिप्रसाद पोखरेल, केन्द्रीय सदस्यहरु राजबहादुर बुढा, विष्णु रिजाल, विनोदकुमार शाह, धर्मराज रेग्मी, मिनासिंह रखाल, सूर्यकुमारी श्रेष्ठ र कर्णाली प्रदेश कमिटी उप–सचिव रविन्द्रराज शर्मा रहेका थिए ।

अध्यक्ष मण्डलमा रहेका थोरै मध्ये धेरै सदस्यहरुले सर्वसम्मत नेतृत्व छान्ने प्रयासमा थिए भने अन्य निर्वाचन नै गर्ने भनेर उम्मेदवार बोकेर अगाडी बढेको अध्यक्ष मण्डलका एक सदस्यले जानकारी दिए ।

उनले भने, ‘केही नेताहरुले अध्यक्ष पदमा उम्मेदवार प्रेमबहादुर बुढार नन्दकिशोर बस्नेतलाई बोकेर अगाडी बढ्नुभएको थियो । त्यो कुरामा विनोद शाहज्यूले सूर्यबहादुर शाहीको नेतृत्वमा सर्वसम्मत गरेपछि सबैतिर मिलेर जाने सुझाव दिएपछि अध्यक्ष मण्डलले उक्त प्रयास गरेको थियो । नजिता पनि त्यसैगरि आयो ।’

एमाले नेता शाहले अधिवेशन जारी रहेको समयमा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै दैलेखमा सर्वसम्मत हुने दाबी गरेका थिए । शाहको त्यो दाबी अन्तिममा आएर प्रमाणित भएको छ ।

उनले लेखेका थिए, ‘समाजिक सञ्जालमा आएको कुरा भइसकेको अवस्था होइन् । तर, परिस्थिति त्यतातिर उन्मुख छ । दैलेखमा सर्वसम्मत हुन्छ । नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्तालाई यस अभियानमा समावेश हुन हार्दिक आह्वान गर्दछु ।’

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]