०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

श्री दिव्या लक्ष्मी बहुउदेश्यीय सहकारी संस्थाको उदघाटन समारोह सम्पन्न

Logo
कृष्ण गुप्ता प्रकाशित सोमबार, भाद्र ११, २०८०

बारा:=श्री दिव्या लक्ष्मी बहुउदेश्यीय सहकारी संस्था लि. सोमबार जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ प्रसाद पटेलको प्रमुख अतिथ्य तथा सहकारीको अध्यक्ष दिपक साहको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि पटेलले सहकारीले बचत भर्ने र ऋण लगानी गर्ने काम मात्रै गर्नुभन्दा पनि समाज रुपान्तरणका क्षेत्रमा काम गरेको बताउनु भएको छ । सहकारी मार्फत ठुल ठुला आर्थिक क्रान्तीहरु भएकाले विभिन्न उदेश्य राखेर स्थापना भएका सहकारीले आफ्नो उदेश्य अनुसार काम गरेमा समाजको गरिबि हटेर जाने विश्वश ब्यक्त गर्नुभयो भने महिलाहरु आर्थिक रुपमा सम्पन्न नभए सम्म उनीहरु अन्य सामाजिक कार्यमा पनि अगाडी आउन नसक्ने भएकाले यसलाई मध्यनजर गर्दै सहकारी संस्थाले काम गर्न सुझाव दिनुभएको छ ।

उक्त कार्यक्रममा जनमत पार्टीका नेता सन्तोष पटेल, जनमत युवा संघ बारा जिल्ला संयोजक युवा नेता बिकास कु सिंह, लगायत संस्थाका संचालक समिति, ऋण समिति, लेखा समिति लगायत सम्पूर्ण सदस्यहरुको उपस्तिथि रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]