०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

श्री दिव्या लक्ष्मी बहुउदेश्यीय सहकारी संस्थाको उदघाटन समारोह सम्पन्न

Logo
कृष्ण गुप्ता प्रकाशित सोमबार, भाद्र ११, २०८०

बारा:=श्री दिव्या लक्ष्मी बहुउदेश्यीय सहकारी संस्था लि. सोमबार जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ प्रसाद पटेलको प्रमुख अतिथ्य तथा सहकारीको अध्यक्ष दिपक साहको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि पटेलले सहकारीले बचत भर्ने र ऋण लगानी गर्ने काम मात्रै गर्नुभन्दा पनि समाज रुपान्तरणका क्षेत्रमा काम गरेको बताउनु भएको छ । सहकारी मार्फत ठुल ठुला आर्थिक क्रान्तीहरु भएकाले विभिन्न उदेश्य राखेर स्थापना भएका सहकारीले आफ्नो उदेश्य अनुसार काम गरेमा समाजको गरिबि हटेर जाने विश्वश ब्यक्त गर्नुभयो भने महिलाहरु आर्थिक रुपमा सम्पन्न नभए सम्म उनीहरु अन्य सामाजिक कार्यमा पनि अगाडी आउन नसक्ने भएकाले यसलाई मध्यनजर गर्दै सहकारी संस्थाले काम गर्न सुझाव दिनुभएको छ ।

उक्त कार्यक्रममा जनमत पार्टीका नेता सन्तोष पटेल, जनमत युवा संघ बारा जिल्ला संयोजक युवा नेता बिकास कु सिंह, लगायत संस्थाका संचालक समिति, ऋण समिति, लेखा समिति लगायत सम्पूर्ण सदस्यहरुको उपस्तिथि रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]