०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

दाेस्राे सगरमाथा पुरूष भलिबल प्रतियोगिताकाे उपाधी बाचांङ रेष्टुरेन्टकाे टिमलाई

Logo
HeroNepal-tv प्रकाशित बुधबार, फाल्गुण ०२, २०८०

मले’सिया मलाका । सगरमाथा युवा क्लव मलेसियाले चाइनिज नयाँ वर्षको छुट्टिकाे अवसर पारि मले’सियाकाे मलाका,तामान बाचाङजयामा मलेसियाव्यापी खुल्ला,दाेस्राे सगरमाथा पुरूष भलिबल प्रतियोगिता भब्यरूपमा सम्पन्न गरेको छ ।

उक्त खेल खेल्न नेपालका राष्ट्रिय भलिबल खेलाडीहरु रवि केसी, सरोज बर्देवा, हिमाल सुनारी मगर र सुरेन्द्र बुरउ समेत मलेसिया अाएका थिए ।

कार्यक्रमककाे अध्यक्षता सगरमाथा युवा क्लवका अध्यक्ष अर्जुन लावती, प्रमुख अतिथि सयपत्री युवा क्लवका अध्यक्ष ग्याविन्द्र राइ , विशिष्ट अतिथि एनआरएनए मलेसियाका सचिव बिष्णु प्रसाद बराल लगायत विभिन्न संघसंगठनवाट प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

सगरमाथा युवा क्लव द्वारा आयाेजित  मलेसिया ब्यापि  दाेस्राे सगरमाथा खुल्ला पुरुष भलिबल प्रतियाेगितामा । आरएम ८००८ को प्रथम पुरस्कार, आरएम ५ ००५ दोस्रो पुरस्कार रहेको थियो भने तेस्रो पुरस्कार आरएम ३००३  रहेको थियो ।

प्रतियोगितामा मलेसियाभरबाट जम्मा ८ टिमको सहभागिता रहेको थियो । ठुलाे पुरस्कार राशि रहेको उक्त प्रतियोगितामा नेपालका चर्चित खेलाडीहरुको सभागिता रहेको थियो । अहिले नेपाली भलिबल क्षेत्रमा चर्चित नाम तथा राष्ट्रिय खेलाडीहरु हिमाल सुनारी मगर, रवि केसी, सरोज बर्देवा तथा पूर्व भलिबल राष्ट्रिय खेलाडी सुरेन्द्र बुरउ को प्रदर्शनले भलिवलप्रेमी दर्शकहरुको ध्यान केन्दित थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार जित्न सफल बाचांङ रेष्टुरेन्टबाट हिमाल सुनारी मगर र रवि केसीले पनि खेलेका थिए । त्यसैगरी दोस्रो स्थान जित्न सफल बीवाईसीबाट पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र बुरउ र मलेसियामा चर्चित खेलाडी जीवन मगरले खेलेका थिए ।

प्रतियोगिकाे प्रत्यक्ष  लाइभ प्रसारण हिराे नेपाल टिभिकाे फेसबुक पेजवाट गरिएकाे थियाे ।https://www.facebook.com/heronepaltvoffical

कार्यक्रमका तस्विरहरु हेर्नुहाेस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]