०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

दाेस्राे सगरमाथा पुरूष भलिबल प्रतियोगिताकाे उपाधी बाचांङ रेष्टुरेन्टकाे टिमलाई

Logo
HeroNepal-tv प्रकाशित बुधबार, फाल्गुण ०२, २०८०

मले’सिया मलाका । सगरमाथा युवा क्लव मलेसियाले चाइनिज नयाँ वर्षको छुट्टिकाे अवसर पारि मले’सियाकाे मलाका,तामान बाचाङजयामा मलेसियाव्यापी खुल्ला,दाेस्राे सगरमाथा पुरूष भलिबल प्रतियोगिता भब्यरूपमा सम्पन्न गरेको छ ।

उक्त खेल खेल्न नेपालका राष्ट्रिय भलिबल खेलाडीहरु रवि केसी, सरोज बर्देवा, हिमाल सुनारी मगर र सुरेन्द्र बुरउ समेत मलेसिया अाएका थिए ।

कार्यक्रमककाे अध्यक्षता सगरमाथा युवा क्लवका अध्यक्ष अर्जुन लावती, प्रमुख अतिथि सयपत्री युवा क्लवका अध्यक्ष ग्याविन्द्र राइ , विशिष्ट अतिथि एनआरएनए मलेसियाका सचिव बिष्णु प्रसाद बराल लगायत विभिन्न संघसंगठनवाट प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

सगरमाथा युवा क्लव द्वारा आयाेजित  मलेसिया ब्यापि  दाेस्राे सगरमाथा खुल्ला पुरुष भलिबल प्रतियाेगितामा । आरएम ८००८ को प्रथम पुरस्कार, आरएम ५ ००५ दोस्रो पुरस्कार रहेको थियो भने तेस्रो पुरस्कार आरएम ३००३  रहेको थियो ।

प्रतियोगितामा मलेसियाभरबाट जम्मा ८ टिमको सहभागिता रहेको थियो । ठुलाे पुरस्कार राशि रहेको उक्त प्रतियोगितामा नेपालका चर्चित खेलाडीहरुको सभागिता रहेको थियो । अहिले नेपाली भलिबल क्षेत्रमा चर्चित नाम तथा राष्ट्रिय खेलाडीहरु हिमाल सुनारी मगर, रवि केसी, सरोज बर्देवा तथा पूर्व भलिबल राष्ट्रिय खेलाडी सुरेन्द्र बुरउ को प्रदर्शनले भलिवलप्रेमी दर्शकहरुको ध्यान केन्दित थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार जित्न सफल बाचांङ रेष्टुरेन्टबाट हिमाल सुनारी मगर र रवि केसीले पनि खेलेका थिए । त्यसैगरी दोस्रो स्थान जित्न सफल बीवाईसीबाट पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र बुरउ र मलेसियामा चर्चित खेलाडी जीवन मगरले खेलेका थिए ।

प्रतियोगिकाे प्रत्यक्ष  लाइभ प्रसारण हिराे नेपाल टिभिकाे फेसबुक पेजवाट गरिएकाे थियाे ।https://www.facebook.com/heronepaltvoffical

कार्यक्रमका तस्विरहरु हेर्नुहाेस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]