०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

आलाेरगाजा भलिबल कप २०२४ काे प्रर्थम पुरस्कार रबि के.सि र हिमाल सुनारीकाे टिमलाई

Logo
हिरोनेपाल प्रकाशित बुधबार, फाल्गुण ०२, २०८०

मले’सिया मलाका । सयपत्री युवा क्लव मलेसियाले चाइनिज नयाँ वर्षको छुट्टिकाे अवसर पारिमले’सियाकाे मलाका,तामानमेवामा मलेसियाव्यापी खुल्ला पुरूष भलिबल प्रतियोगिता संगै भाग्यशाली चिठ्ठा उपहार कार्यक्रम भब्यरूपकमा सम्पन्न गरेको छ ।

उक्त खेल खेल्न नेपालका राष्ट्रिय भलिबल खेलाडीहरु रवि केसी, सरोज बर्देवा, हिमाल सुनारी मगर र सुरेन्द्र बुरउ समेत मलेसिया आएका थिए ।

आयाेजित कार्यक्रमककाे अध्यक्षता सयपत्री युवा क्लवका अध्यक्ष ज्ञाविन्द्र राई, प्रमुख अतिथि बेदप्रसाद भण्डारी, विशिष्ट अतिथि एनआरएनए मलेसियाका सचिव बिष्णु प्रसाद बराल लगायत विभिन्न संघसंगठनवाट प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

सयपत्री युवा क्लब द्वारा आयाेजित उक्त मलेसिया ब्यापि पुरुष भलिबल प्रतियाेगितामा । आरएम ६ हजार (नेपाली १ लाख ७० हजार)को प्रथम पुरस्कार, १ लाख १२ हजारको दोस्रो पुरस्कार रहेको थियो भने तेस्रो पुरस्कार ५६ हजार रहेको थियो ।

प्रतियोगितामा मलेसियाभरबाट जम्मा ९ टिमको सहभागिता रहेको थियो । धेरै पुरस्कार राशि रहेको उक्त प्रतियोगितामा नेपालका चर्चित खेलाडीहरुको सभागिता रहेको थियो । अहिले नेपाली भलिबल क्षेत्रमा चर्चित नाम तथा राष्ट्रिय खेलाडीहरु हिमाल सुनारी मगर, रवि केसी, सरोज बर्देवा तथा पूर्व भलिबल राष्ट्रिय खेलाडी सुरेन्द्र बुरउ को प्रदर्शनले भलिवलप्रेमी दर्शकहरुको ध्यान केन्दित गराएकाे थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार जित्न सफल बाचांग रेष्टुरेन्टबाट हिमाल सुनारी मगर र रवि केसीले पनि खेलेका थिए । त्यसैगरी दोस्रो स्थान जित्न सफल बीवाईसीबाट पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र बुरउ र मलेसियामा चर्चित खेलाडी जीवन मगरले खेलेका थिए ।

प्रतियोगिकाे प्रत्यक्ष  लाइभ प्रसारण हिराे नेपाल टिभिकाे फेसबुक पेजवाट गरिएकाे थियाे ।https://www.facebook.com/heronepaltvoffical

कार्यक्रमका तस्विरहरु हेर्नुहाेस ।

 

 

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]