०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको स्रोत सुनिश्चित

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, माघ २३, २०८०

काठमाडौं । बागमती प्रदेश सरकारले चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ ।

 

प्रदेश सरकारको मंगलबार बसेको बैठकले रंगशाला निर्माणको पहिलो चरणका लागि ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र स्रोत सुनिश्चित गर्ने निर्णय गरेको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको रंगशाला स्रोतको अभावमा अलपत्र परेको थियो । रंगशाला निर्माणको काम रोकिएपछि सरकारले त्यसको स्वामित्व लिदै आफैले निर्माण गर्ने घोषणा गरेको थियो ।

संघीय सरकारको निर्णयसँगै बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर रंगशालाको बाँकी कामलाई पूर्णता दिने सम्झौता गरेका थिए । रंगशालाको लागत अनुमान गरेर ७० प्रतिशत प्रदेश सरकार र बाँकी ३० प्रतिशत स्थानीय सरकारको रुपमा भरतपुर महानगरले गर्ने समझदारी बनेको थियो ।

सोही समझदारी अनुसार प्रदेश सरकारले मन्त्रीपरिषद्मार्फत सम्झौताको अनुमोदन गर्दै स्रोत सुनिश्चित गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले प्रदेश सरकारको निर्णयसँगै रंगशाला निर्माणको कामले गति लिने बताए । उनले प्रदेश सरकारको निर्णयले क्रिकेट विकासमा महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]