०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

जाजरकोटमा तत्काल २ बेलिब्रिज बन्ने

Logo
हिरोनेपाल प्रकाशित सोमबार, माघ २२, २०८०

सुर्खेत । जाजरकोटका २ स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । नलगाड नगरपालिका-५ र बारेकोट गाउँपालिका-८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका-१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् ।

मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझ्नु भएको छ । अब ती सामान सम्बन्धित क्षेत्रमा पुर्‍याएर जडान गरिनेछ । ढिलोमा अबको ३ महिनाभित्र पुल जडान गरिसक्न मन्त्री सिंहले सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन् ।

संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्री सिंहलाई हस्तान्तरण गरे । यी पुल जडान र ढुवानीको सम्पूणर् खर्च प्रदेश सरकारले बेहोर्नेछ ।

यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक डिभिजनलाई नै फिर्ता गरिनेछ । यी दुई स्थानमा पुल नहुँदा परेको समस्याबारे मन्त्री सिंहले पटक पटक संघीय सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

‘गएको असार अघि नै मनघाट र खारामा पुल जडानका लागि पहल गरेका थियौं । पटक पटक भेटघाट र छलफल गरेका थियौं,’ मन्त्री सिंहले भने, ‘माननीय ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बस्नेतको विशेष पहल र माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको सहयोगले आज पुल प्राप्त भएको छ। अब सम्बन्धित क्षेत्रमा पुर्‍याएर ढिलोमा तीन महिनाभित्र जडान गरिसक्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।’

खारा खोलामा पक्की पुल निर्माणका लागि केही वर्ष पहिले नै ठेक्का लागिसकेको भएपनि विवादझका कारण बन्न सकेको छैन । उक्त पुलको विषय अहिले सर्वोच्च अदालत पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]