०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

स्थापना दिवसको अवसरमा प्रेस चौतारी सुर्खेतद्धारा पुस्तक हस्तान्तरण

Logo
हिरोनेपाल प्रकाशित सोमबार, माघ २२, २०८०

सुर्खेत । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा पुस्तक हस्तान्तरण गरिएको छ। चौतारीको स्थापना दिवसका अवसरमा सोमबार कारागार कार्यालय सुर्खेतलाई पुस्तक वितरण गरिएको हो।

प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश र सुर्खेत समितिको संयुक्त आयोजना कारागार कार्यालय ९बन्दी सुधार गृह० सुर्खेतमा पुस्तक वितरण गरिएको चौतारीका सुर्खेत अध्यक्ष गोविन्द्र खत्रीले जानकारी दिए।

अध्यक्ष खत्रीका अनुसार बन्दि गृहमा रहेको पुस्तकालयका लागि विभिन्न ७५ थान पुस्तक हस्तान्तरण गरिएको छ।

पुस्तक कारागारका निमित्त प्रमुख भूवन गौतमलाई चौतारीका कर्णाली अध्यक्ष प्रकाश अधिकारी र सुर्खेत अध्यक्ष खत्रीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

पुस्तक हस्तान्तरण कार्याक्रममा नेकपा एमाले सुर्खेतका जिल्ला कमिटी सचिवालय सदस्य गंगाराम तिम्लिसेना, प्रेस चौतारीका नेता सूर्यमणी गौतम, प्रेस चौतारी नेपालका केन्द्रीयसदस्य तथा सुर्खेत इन्चार्ज आकाशतारा बयक, जिफन्ट कर्णाली अध्यक्ष तेजप्रकाश जिसी, वरिष्ठ पत्रकार पृथ्वीबहादुर शाही, राष्ट्रिय युवा संघ नेपाल सुर्खेतका अध्यक्ष वासु आचार्य तथा प्रेस चौतारीका प्रदेश र सुर्खेत समितिका विभिन्न पदमा कार्यारत पत्रकारहरुको सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]