०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

स्थापना दिवसको अवसरमा प्रेस चौतारी सुर्खेतद्धारा पुस्तक हस्तान्तरण

Logo
हिरोनेपाल प्रकाशित सोमबार, माघ २२, २०८०

सुर्खेत । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा पुस्तक हस्तान्तरण गरिएको छ। चौतारीको स्थापना दिवसका अवसरमा सोमबार कारागार कार्यालय सुर्खेतलाई पुस्तक वितरण गरिएको हो।

प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश र सुर्खेत समितिको संयुक्त आयोजना कारागार कार्यालय ९बन्दी सुधार गृह० सुर्खेतमा पुस्तक वितरण गरिएको चौतारीका सुर्खेत अध्यक्ष गोविन्द्र खत्रीले जानकारी दिए।

अध्यक्ष खत्रीका अनुसार बन्दि गृहमा रहेको पुस्तकालयका लागि विभिन्न ७५ थान पुस्तक हस्तान्तरण गरिएको छ।

पुस्तक कारागारका निमित्त प्रमुख भूवन गौतमलाई चौतारीका कर्णाली अध्यक्ष प्रकाश अधिकारी र सुर्खेत अध्यक्ष खत्रीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

पुस्तक हस्तान्तरण कार्याक्रममा नेकपा एमाले सुर्खेतका जिल्ला कमिटी सचिवालय सदस्य गंगाराम तिम्लिसेना, प्रेस चौतारीका नेता सूर्यमणी गौतम, प्रेस चौतारी नेपालका केन्द्रीयसदस्य तथा सुर्खेत इन्चार्ज आकाशतारा बयक, जिफन्ट कर्णाली अध्यक्ष तेजप्रकाश जिसी, वरिष्ठ पत्रकार पृथ्वीबहादुर शाही, राष्ट्रिय युवा संघ नेपाल सुर्खेतका अध्यक्ष वासु आचार्य तथा प्रेस चौतारीका प्रदेश र सुर्खेत समितिका विभिन्न पदमा कार्यारत पत्रकारहरुको सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]