०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मुगु आगलागी : बहिनी बचाउन गएका विशाल आफैं जले

Logo
हिरोनेपाल प्रकाशित सोमबार, माघ २२, २०८०

मुगु : आइतबार राती खत्याड गाउँपालिका-२ गाँडेखोलामा एक घरमा आगलागी हुँदा आमासँगै सुतिरहेका दाजु- बहिनीको मृत्यु भएको छ। आगोमा जलेर स्थानीय लालु सञ्जयालकी १२ वर्षीया छोरी झरना र १४ वर्षीय छोरा विशालको ज्यान गएको हो।

बेलुका खाना खाइ उनीहरू सुत्न गएका थिए। राती २ बजेतिर घरभित्र एक्कासी आगो दनदनी बल्यो। त्यो कुरा विशालले चाल पाए। । लगत्तै विशालकी आमा सरस्वति र उनी बाहिर निस्के । विशालकी आमा छिमेकीसँग गुहार माग्न थालिन्।

विशाल बहिनी बचाउन घरभित्र पसे। सुतिरहेकी बहिनी बचाउन गएका बिहाल बाहिर निस्कन सकेनन्। उनी बहिनीसँगै आगोमा जलेर खरानी भए।

विशाल ७ कक्षामा र झरना ४ कक्षामा स्थानीय जनजागरण मावि सेरीमा पढ्दै थिए।

घटनाबारे जानकारी दिँदै खत्याड गाउँपालिका-२ का वडा अध्यक्ष हेमराज मल्लले हृदयविदार घटना घटेको बताए। उनले दुई दाजु बहिनीको मृत्युले गाउँ नै शोकमा डुबेको बताए। उनका अनुसार घरमा आमा र दुईजना बालबालिका मात्रै थिए।

मृतक बालबालिकाका बाबु लालु सञ्जयाल मजदुरी गर्न भारत छन् । आगलागीबाट लालुको घरसँगै जोडिएका उनका भाइ नरदिप र डिल्ली सञ्ज्यालको घरमा समेत क्षति पुगेको छ।

मृतकका आफन्त बिष्णुराज दाहालले झ्यालबाट विशालले बचाइदिनका लागि गुहार मागेको भएपनि बचाउन नसकेको दुखेसो पोखे। झ्याल फोड्नका लागि चाहिने औजार तत्काल नभेटिदा उनीहरूलाई बचाउन नसकिएको उनको भनाइ छ।

घरभित्रै बालेको आगोबाटै आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक विरेन्द्र थापाले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टर आएपछि शवको पोष्टमार्टम गरिने प्रहरीले बताएको छ । आगलागीबाट चार गाईगोरु पनि जलेर मरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]