०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

मुगु आगलागी : बहिनी बचाउन गएका विशाल आफैं जले

Logo
हिरोनेपाल प्रकाशित सोमबार, माघ २२, २०८०

मुगु : आइतबार राती खत्याड गाउँपालिका-२ गाँडेखोलामा एक घरमा आगलागी हुँदा आमासँगै सुतिरहेका दाजु- बहिनीको मृत्यु भएको छ। आगोमा जलेर स्थानीय लालु सञ्जयालकी १२ वर्षीया छोरी झरना र १४ वर्षीय छोरा विशालको ज्यान गएको हो।

बेलुका खाना खाइ उनीहरू सुत्न गएका थिए। राती २ बजेतिर घरभित्र एक्कासी आगो दनदनी बल्यो। त्यो कुरा विशालले चाल पाए। । लगत्तै विशालकी आमा सरस्वति र उनी बाहिर निस्के । विशालकी आमा छिमेकीसँग गुहार माग्न थालिन्।

विशाल बहिनी बचाउन घरभित्र पसे। सुतिरहेकी बहिनी बचाउन गएका बिहाल बाहिर निस्कन सकेनन्। उनी बहिनीसँगै आगोमा जलेर खरानी भए।

विशाल ७ कक्षामा र झरना ४ कक्षामा स्थानीय जनजागरण मावि सेरीमा पढ्दै थिए।

घटनाबारे जानकारी दिँदै खत्याड गाउँपालिका-२ का वडा अध्यक्ष हेमराज मल्लले हृदयविदार घटना घटेको बताए। उनले दुई दाजु बहिनीको मृत्युले गाउँ नै शोकमा डुबेको बताए। उनका अनुसार घरमा आमा र दुईजना बालबालिका मात्रै थिए।

मृतक बालबालिकाका बाबु लालु सञ्जयाल मजदुरी गर्न भारत छन् । आगलागीबाट लालुको घरसँगै जोडिएका उनका भाइ नरदिप र डिल्ली सञ्ज्यालको घरमा समेत क्षति पुगेको छ।

मृतकका आफन्त बिष्णुराज दाहालले झ्यालबाट विशालले बचाइदिनका लागि गुहार मागेको भएपनि बचाउन नसकेको दुखेसो पोखे। झ्याल फोड्नका लागि चाहिने औजार तत्काल नभेटिदा उनीहरूलाई बचाउन नसकिएको उनको भनाइ छ।

घरभित्रै बालेको आगोबाटै आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक विरेन्द्र थापाले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टर आएपछि शवको पोष्टमार्टम गरिने प्रहरीले बताएको छ । आगलागीबाट चार गाईगोरु पनि जलेर मरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]