०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

मार्क जुकरबर्गले एक घण्टामै कमाउँछन् १ अर्ब २७ करोड

Logo
हिरोनेपाल प्रकाशित आइतबार, माघ २१, २०८०

काठमाडाैँ ।  फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटर्फमको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्ति गत वर्ष सन् २०२३ मा ८४ अर्ब डलर अर्थात् एक सय ११ खर्ब रुपैयाँले बढेको छ ।

फोर्ब्सको रियल टाइम अर्बपतिको सूचिमा जुकरबर्ग हाल विश्वका पाँचौं सर्वाधिक धनी व्यक्ति हुन् र उनको कूल सम्पत्ति १ खर्ब ३९ अर्ब १० करोड डलर छ ।

बिजनेस इनसाइडरका अनुसार गतवर्ष बढेको ८४ अर्ब डलर सम्पत्तिको यदि घण्टाका आधारमा हिसाब गर्ने हो भने सन् २०२३ मा जुकरबर्गले हरेक घण्टा ९६ लाख डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँभन्दा धेरै कमाएका छन् । जस अनुसार उनको आम्दानी दैनिक २३ करोड ६लाख डलर अर्थात् साडे ३० अर्ब रुपैयाँ छ ।

जबकि अमेरिकी परिवारहरुको औसत कुल सम्पत्ति नै १० लाख ६० हजार डलर रहेको छ ।

सन् २०२१ मा फेसबुकको ब्राण्ड परिवर्तन गरी मेटा बनाएका जुकरबर्गको उक्त कदमलाई मेटाभर्स तर्फको रणनीतिक कदम मानिएको थियो ।

यो परिवर्तन केवल नाममात्रको परिवर्तन नभई कम्पनीको प्राथमिकतामा भएको परिवर्तन हो जसमा मेटाले अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटीमा ध्यान केन्द्रित गरेको छ ।

अर्थात् उक्त रिब्रान्डिंगले फेसबुकलाई केवल एउटा सोसल मिडिया प्लाटर्फमको रुपमा मात्र सीमित नराखी यसलाई अन्तरआबद्ध डिजिटल संसारको सिर्जनातर्फ प्रवेश गरेको रुपमा बुझिएको छ ।

विभिन्न चुनौतीहरुका बाबजुत सन् २०२३ मा मेटा कम्पनीको शेयर मूल्यमा पुनः वृद्धि भई झण्डै कीर्तिमानी विन्दुमा पुग्यो ।

कम्पनीको शेयर मूल्यमा भएको वृद्धिकै कारण जुकरबर्गको कूल सम्पत्तिमा उल्लेख्य बढोत्तरी भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]