०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

‘गाजाक्षेत्रमा ज्यान गुमाउने, घाइते र बेपत्ता हुनेकाे सङ्ख्या एक लाखभन्दा बढी’

Logo
HeroNepal-tv प्रकाशित शनिबार, माघ २०, २०८०

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युद्धका कारण गाजामा ज्यान गुमाउने, घाइते र बेपत्ता हुनेकाे स‌ङ्ख्या एक लाखभन्दा धेरै रहेकाे जनाएकाे छ । यो सङ्ख्या गाजाको २३ लाख जनसङ्ख्याको चार दशमलव तीन प्रतिशत रहेकाे डब्ल्यूएचओले जनाएकाे छ ।

जेरूसेलमबाट भिडियो लिङ्कमार्फत संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसङ्ख्याले सुरक्षा, खाना, स्वास्थ्य र न्यानोपनजस्ता आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेका बताएका छन ।

गाजामा रहेका ३६ अस्पतालहरूमध्ये १३ वटा मात्र आंशिक रूपमा सञ्चालनमा रहेका र ७३ प्राथमिक स्वास्थ्य केन्द्रहरूमध्ये १३ वटा मात्र सञ्चालनमा रहेका डब्ल्यूएचओले जनाएको छ ।

युद्धबाट घाइते भएका तथा अरु रोगका बिरामीहरुले गाजामा उपचार पाउन असम्भव जस्तै हुन थालेको छ । कतिपय स्वास्थ्यकर्मीले तीन महिनादेखि लगातार काम गरिरहेका छन् ।

एम्बुलेन्स नहुँदा बिरामीहरूलाई गाडामा बोक्नुपर्ने बाध्यता रहेको डब्ल्यूएचओले जनाएकाे छ । पाँच वर्षमुनिका एक लाख ६० हजार बालबालिका झाडापखालाबाट पीडित रहेका भए पनि उपचार गर्नै नसकिएको डब्ल्यूएचओले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]