०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

‘गाजाक्षेत्रमा ज्यान गुमाउने, घाइते र बेपत्ता हुनेकाे सङ्ख्या एक लाखभन्दा बढी’

Logo
HeroNepal-tv प्रकाशित शनिबार, माघ २०, २०८०

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युद्धका कारण गाजामा ज्यान गुमाउने, घाइते र बेपत्ता हुनेकाे स‌ङ्ख्या एक लाखभन्दा धेरै रहेकाे जनाएकाे छ । यो सङ्ख्या गाजाको २३ लाख जनसङ्ख्याको चार दशमलव तीन प्रतिशत रहेकाे डब्ल्यूएचओले जनाएकाे छ ।

जेरूसेलमबाट भिडियो लिङ्कमार्फत संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसङ्ख्याले सुरक्षा, खाना, स्वास्थ्य र न्यानोपनजस्ता आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेका बताएका छन ।

गाजामा रहेका ३६ अस्पतालहरूमध्ये १३ वटा मात्र आंशिक रूपमा सञ्चालनमा रहेका र ७३ प्राथमिक स्वास्थ्य केन्द्रहरूमध्ये १३ वटा मात्र सञ्चालनमा रहेका डब्ल्यूएचओले जनाएको छ ।

युद्धबाट घाइते भएका तथा अरु रोगका बिरामीहरुले गाजामा उपचार पाउन असम्भव जस्तै हुन थालेको छ । कतिपय स्वास्थ्यकर्मीले तीन महिनादेखि लगातार काम गरिरहेका छन् ।

एम्बुलेन्स नहुँदा बिरामीहरूलाई गाडामा बोक्नुपर्ने बाध्यता रहेको डब्ल्यूएचओले जनाएकाे छ । पाँच वर्षमुनिका एक लाख ६० हजार बालबालिका झाडापखालाबाट पीडित रहेका भए पनि उपचार गर्नै नसकिएको डब्ल्यूएचओले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]