०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

उदयपुर सिमेन्ट उद्योग हेरेँ, मूल समस्या जानकारी पाए ,प्रधानमन्त्री ‘प्रचण्ड’

Logo
HeroNepal-tv प्रकाशित शनिबार, माघ २०, २०८०

दयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उनले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताएका थिए। आफूले उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए ।

उदयपुर सिमेन्ट नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो ।

मैले आज उदयपुर सिमेन्ट उद्योगको मुख्य पूर्वाधार हेरेँ, समस्याको मूल प्रकृति के रहेछ भन्ने जानकारी लिए । यसलाई बचाउने र पुर्ण क्षमतामा सञ्चालन गर्ने विषयमा सरोकारवालाहरुसङ्ग छलफल भएको छ, नीतिगत तहमा थप छलफल हुन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन पस्चा अाफ्नाे फेसबुकमा स्टाटस लेख्दै उदयपुर सिमेन्ट उद्योग हेरेँ, मूल समस्या जानकारी पाएकाे बतयकाछन ।

मैले पाएको जानकारीअनुसार उदयपुर सिमेन्टका लागि आवश्यक पर्ने चुनढुङ्गा पर्याप्त छ । हालसम्म १५ प्रतिशत मात्र प्रयोग भएको भनिएको छ, यो नै उधोग सञ्चालनको मुल पूँजी हो । खानीबाट उद्योगसम्म चुनढुङ्गा ल्याउन बनाइएको रोप वे महत्त्वपूर्ण पूर्वाधार हो । यी पुर्वाधार उद्योग पूर्णरुपमा सञ्चालन गर्ने महत्त्वपूर्ण आधारहरु हुन् ।
२०८०/१०/२० गते, शनिबा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]