०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

उदयपुर सिमेन्ट उद्योग हेरेँ, मूल समस्या जानकारी पाए ,प्रधानमन्त्री ‘प्रचण्ड’

Logo
HeroNepal-tv प्रकाशित शनिबार, माघ २०, २०८०

दयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उनले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताएका थिए। आफूले उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए ।

उदयपुर सिमेन्ट नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो ।

मैले आज उदयपुर सिमेन्ट उद्योगको मुख्य पूर्वाधार हेरेँ, समस्याको मूल प्रकृति के रहेछ भन्ने जानकारी लिए । यसलाई बचाउने र पुर्ण क्षमतामा सञ्चालन गर्ने विषयमा सरोकारवालाहरुसङ्ग छलफल भएको छ, नीतिगत तहमा थप छलफल हुन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन पस्चा अाफ्नाे फेसबुकमा स्टाटस लेख्दै उदयपुर सिमेन्ट उद्योग हेरेँ, मूल समस्या जानकारी पाएकाे बतयकाछन ।

मैले पाएको जानकारीअनुसार उदयपुर सिमेन्टका लागि आवश्यक पर्ने चुनढुङ्गा पर्याप्त छ । हालसम्म १५ प्रतिशत मात्र प्रयोग भएको भनिएको छ, यो नै उधोग सञ्चालनको मुल पूँजी हो । खानीबाट उद्योगसम्म चुनढुङ्गा ल्याउन बनाइएको रोप वे महत्त्वपूर्ण पूर्वाधार हो । यी पुर्वाधार उद्योग पूर्णरुपमा सञ्चालन गर्ने महत्त्वपूर्ण आधारहरु हुन् ।
२०८०/१०/२० गते, शनिबा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]