०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

आहारारा पोखरा गोल्डकपको उपाधि, विभागीय टिम नेपाल आर्मीलाई ।

Logo
HeroNepal-tv प्रकाशित शनिबार, माघ २०, २०८०

पोखरा । मोफसलको परिचित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको २३ औं संस्करणमा शीर्ष उपाधिसहित विधागत पुरस्कारमा विभागीय टिम नेपाल आर्मीले वर्चश्व कायम गरेको छ ।

आर्मीले वर्षोत्कृष्ट खेलाडीसहित ६ विधाबाट पुरस्कृत भएको छ । आर्मी बेस्ट प्लेयरसहित डिफेन्डर, फरवार्ड, मिडफिल्डर, गोल रक्षक र प्रशिक्षक विधामा उत्कृष्ट ठहरियो ।

आर्मीका विमल पाण्डे खेलकै उत्कृष्ट खेलाडी घोषित भए । उनले बेस्ट प्लेयर अवार्डसँगै टेल्जी स्कुटर प्राप्त गरे । उनी प्रतियोगिताको बेस्ट डिफेन्डर अवार्ड पनि पाएका छन् ।

आर्मीकै दिनेश हेन्जन ३ गोलसहित जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने । आर्मीकै विमल पाण्डे बेस्ट डिफेन्डर बन्दा जिलेप्सीजंग कार्की बेस्ट फरवार्ड बने । त्यस्तै, आर्मीलाई पहिलो पटक आहाराराको उपाधि जिताएका प्रशिक्षक मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

आर्मीकै भरत खवास र थ्रीस्टारका गोल रक्षक पब्लिक च्वाइस अवार्ड पाउँदा आर्मीका गोल रक्षक समित श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट गोल रक्षक बनेका छन् ।

प्रतियोगितामा फेयर प्ले अवार्ड र बेस्ट मिडफिल्डर अवार्डमात्रै आर्मी बाहेकको टिमले जित्यो । फेयर प्ले अवार्ड जावलाखेल युथ क्लबले जितेको छ भने बेस्ट मिडफिल्डर थ्रीस्टारका विवेक पौडेल बनेका छन् ।

शीर्ष उपाधि विजेता त्रिभुवन आर्मी क्लबले १२ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको थ्रीस्टार क्लबले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।

कसले के पाए ?

वर्षोत्कृष्ट खेलाडी : विमल पाण्डे, आर्मी

सर्वाधिक गोलकर्ता : दिनेश हेन्जन, ३ गोल, आर्मी

फेयर प्ले : जावलाखेल

बेस्ट डिफेन्डर : विमल पाण्डे, आर्मी

बेस्ट मिडफिल्डर : विवेक पौडेल, थ्रीस्टार

बेस्ट फरवार्ड : जिलेप्सीजंग कार्की, आर्मी

बेस्ट किपर : समित श्रेष्ठ, आर्मी

बेस्ट कोच : मेघराज केसी, आर्मी

पब्लिक च्वाइस अवार्ड : भरत खवास (आर्मी) र अभिषेक बराल (थ्रीस्टार)

हेर्नुहोस् विधागत पुरस्कार पाउने खेलाडी र प्रशिक्षक

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]