०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

सिमानामा काँडेतार लगाउन भन्दै धनगढीमा हस्ताक्षर अभियान सुरु ।

Logo
HeroNepal-tv प्रकाशित शनिबार, माघ २०, २०८०

धनगढीः सरकारलाई दवाब स्वरुप सिमानामा काँडेतार लगाउन भन्दै धनगढीमा हस्ताक्षर अभियान सुरु गरिएको छ।

राष्ट्रवादी चलचित्र काँडेतारको च्यारिटी शोमा आज (शनिवार) हस्ताक्षर संकलन गरिएको हो। भारतको सिमा विस्तारवादलाई रोक्न नेपाली भूमिमा काँडेतार लागाउनु पर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरेको हो।

भारतले गरिहेको नेपाली भूमि अतिक्रमण रोक्न सरकारलाई दवाब स्वरुप काँडेतार चलचित्रको च्यारिटी शोमा सहभागीहरु बाट हस्ताक्षर संकलन गरिएको नायक तथा निर्देशक नवल खड्काले बताए।

च्यारिटी शोको हस्ताक्षर संकलनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले समेत हस्ताक्षर गरेका छन्। राष्ट्रवादी तथा नेपाल–भारतको सिमा विवादमा अधारित चलचित्र काँडेतारको शनिवार धनगढीको एसटिएस सिनेमा हलमा च्यारिटी शो गरिएको थियो।

च्यारिटी शोमा सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर, सन्तोसी थापा सर्मा, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, धनगढीका नगर प्रमुख गोपाल हमाल लागायतको सयौँ दर्शक रहेका थिए। चलचित्र काँडेतार आउदो फागुन २५ गते देशभर प्रदर्शन हुदैछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]