२२ जेठ २०८३, शुक्रबार
05-06-2026 , Fri
×

जनसम्पर्क समिती मलेसियाले पुनगर्ठन गर्यो जोहोरबारुमा समिति, अध्यक्षमा गोविन्द लिम्बु

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित आइतबार, माघ १४, २०८०

मलेसिया।नेपाली जनसम्पर्क समिति मलेसियाले जोहोर राज्यमा क्षेत्रीय समिति पुनर्गठन गरेको छ।

जोहोरबारुको सेनाईमा आज आइतवार बसेको भेलाले गोविन्द लिम्बुको अध्यक्षयतामा ११ सदस्यीय नयाँ कार्यसमिति पुनगर्ठन गरेको छ। जस्मा उपाध्यक्षमा सुनिता शाह चयन भएकी छिन् । अन्य रिक्त रहेका पदमा कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने केन्द्रीय समितिका प्रवक्ता लाल बहादुर खड्काले बताए।

फोटो: कृष्ण गुप्ता

सुनिता शाहको सभापतित्वमा भएको भेलामा नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी उप-सभापति कमल गौतम , राकेश महतो (आर के) ,महामन्त्री हरिप्रसाद कोइराला , प्रवक्ता लाल बहादुर खड्का , सदस्य लोक बहादुर थापा, सञ्चारकर्मी आरएन चौधरी थारु र कृष्ण गुप्ता लगायत नेपाली काङ्ग्रेसका बुद्धिजिवी,समर्थकहरुको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस निकट प्रवास सङ्गठनका रुपमा नेपाली जनसम्पर्क समिति रहेको छ । यो समिति प्रबासमा रहेका नेपालीहरुको हकहित र न्याय को लागि काम गर्दै आएको छ।

जनसम्पर्क समिती मलेसियालाई थप मजबूत बनाउनको लागि सदस्यता वितरण तथा संगठनका गतिबिधिलाई थप विस्तार गर्दै जाने प्रबक्ता खड्काले जानकारी गराए।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतलगायत १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन मागेको हो। इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न नसकेको ठहर गर्दै ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै प्रशासनबाट अनुमति लिइएको भए पनि प्रदर्शन क्रमशः हिंसात्मक बन्दै जाँदा गुरुङलगायत आयोजकहरूले त्यसलाई नियन्त्रण गर्न नसकेको आयोगले […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाबाट कमजोरी भएको ठहर गरेको छ। जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार हननसम्बन्धी घटनाको अनुसन्धानपछि आयोगले बुधबार सार्वजनिक गरेको सिफारिस प्रतिवेदनमा उक्त निष्कर्ष उल्लेख गरिएको हो। प्रतिवेदनमा भनिएको छ, “अनुसन्धानका क्रममा संकलित प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा भदौ २३ […]