०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अर्पण मगर छानिए

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित शुक्रबार, माघ १२, २०८०

मलेसिया।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाको अध्यक्षमा अर्पण मगर(बुद्ध) चयन भएका छन्।

बिहीबार मलेसियास्थित ग्रेण्ड कन्टिनेन्टल होटलमा सम्पन्न फोनिज शाखा मलेसियाको दोस्रो अधिवेशनले मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

फोनिज शाखा मलेसियाको उपाध्यक्ष घनश्याम चौधरी (आरएन),सचिवमा ईश्वर राई,सह सचिवमा श्रृष्टि सुनुवार, कोषाध्यक्षमा मिलन दोङ तामाङ रहेका छन् । यसैगरी सदस्यमा सविन लोप्चन तामाङ,यज्ञकुमार राई,जुद्ध चौधरी सन्तोष राई, सूर्य घर्तीमगर, शाहीकुमार तामाङ सन्तोष थामी, विन्दु दर्लामी मगर, र जुद्ध चौधरी छानिएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी (आरएन)को सभापतित्वमा भएको अधिवेशनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय अध्यक्ष गजुरधन राई प्रमुख अतिथि रहेका थिए।

कार्यक्रम मा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, एनआरएनए मलेसियाका बरिष्ठ उपाध्यक्ष ईन्द्र नारायणी लिम्बु, एनआरएनए मलेसियाका दिल केरुङ, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल,प्रवासी नेपाली एकता समाज (पानस)सुभद्रा लिङ्देन, रासपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका संयोजक नेत्र केसि, हिमालयन एकेडेमी क्लब मलेसियाका अध्यक्ष सन्तोष भट्ट,तेरथुन समाज मलेसियाका अध्यक्ष पदम लिम्बु,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाका सल्लाहकार जिवन देवान, एनआरएनए मलेसिया पुर्व बरिष्ठ उपाध्यक्ष सुन्दर आले,प्रवासी नेपाली मञ्च मलेसियाका सचिव कृष्ण खडका लगायत मलेसियामा स्थापित नेपाली ब्यावसायी, रेमिटेन्स कम्पनीका पदाधिकारी र विभिन्न राजनीतिक , सामाजिक संघ-संस्थाका अध्यक्ष , पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक बिपिन राईले सपथ ग्रहण गराएका थिए भने कार्यक्रमको सन्चालन सचिव ईश्वर राईले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]