०७ साउन २०८३, बिहिबार
23-07-2026 , Thu
×

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अर्पण मगर छानिए

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित शुक्रबार, माघ १२, २०८०

मलेसिया।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाको अध्यक्षमा अर्पण मगर(बुद्ध) चयन भएका छन्।

बिहीबार मलेसियास्थित ग्रेण्ड कन्टिनेन्टल होटलमा सम्पन्न फोनिज शाखा मलेसियाको दोस्रो अधिवेशनले मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

फोनिज शाखा मलेसियाको उपाध्यक्ष घनश्याम चौधरी (आरएन),सचिवमा ईश्वर राई,सह सचिवमा श्रृष्टि सुनुवार, कोषाध्यक्षमा मिलन दोङ तामाङ रहेका छन् । यसैगरी सदस्यमा सविन लोप्चन तामाङ,यज्ञकुमार राई,जुद्ध चौधरी सन्तोष राई, सूर्य घर्तीमगर, शाहीकुमार तामाङ सन्तोष थामी, विन्दु दर्लामी मगर, र जुद्ध चौधरी छानिएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी (आरएन)को सभापतित्वमा भएको अधिवेशनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय अध्यक्ष गजुरधन राई प्रमुख अतिथि रहेका थिए।

कार्यक्रम मा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, एनआरएनए मलेसियाका बरिष्ठ उपाध्यक्ष ईन्द्र नारायणी लिम्बु, एनआरएनए मलेसियाका दिल केरुङ, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल,प्रवासी नेपाली एकता समाज (पानस)सुभद्रा लिङ्देन, रासपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका संयोजक नेत्र केसि, हिमालयन एकेडेमी क्लब मलेसियाका अध्यक्ष सन्तोष भट्ट,तेरथुन समाज मलेसियाका अध्यक्ष पदम लिम्बु,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाका सल्लाहकार जिवन देवान, एनआरएनए मलेसिया पुर्व बरिष्ठ उपाध्यक्ष सुन्दर आले,प्रवासी नेपाली मञ्च मलेसियाका सचिव कृष्ण खडका लगायत मलेसियामा स्थापित नेपाली ब्यावसायी, रेमिटेन्स कम्पनीका पदाधिकारी र विभिन्न राजनीतिक , सामाजिक संघ-संस्थाका अध्यक्ष , पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक बिपिन राईले सपथ ग्रहण गराएका थिए भने कार्यक्रमको सन्चालन सचिव ईश्वर राईले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]