०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा एमाले गठबन्धनसँग भिड्दै

Logo
हिरोनेपाल प्रकाशित बिहिबार, माघ ११, २०८०

सुर्खेत । आज हुने राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा ३ सिटका लागि ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशमा एमाले एक्लै तीन दलीय गठवन्धनसँग भिड्दै छ।

कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच राष्ट्रिय सभाका ३ सिटमा १-१ सिट लिने गरी भागबन्डा भएको छ।

तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल, माओवादीबाट कालीकोटका विष्णु विक मैदानमा छन्।

महिलातर्फ मल्ल, दलिततर्फ विक र अन्यतर्फ रोकाया उम्मेदवार छन्।

यस्तै, नेकपा एमालेले गठबन्धनबीच प्रतिस्पर्धा गर्नका लागि तीन जना उम्मेदवार मैदानमा खडा गरेको छ।

जसमा विमलाकुमारी शाही, हिक्मत विक र डिल्लीप्रसाद भट्ट उम्मेदवार छन्।

हुम्लाकी शाही महिला क्लस्टर, दैलेखका हिक्मत विक दलित क्लस्टर र मुगुका भट्ट अन्य क्लस्टरबाट उम्मेदवार बनेका छन्।

कसको मतभार कति?

सत्ता गठबन्धन मिलेर चुनावमा जान लागेकाले कर्णालीमा यसपटक एमाले शून्य हुने सम्भावना बढी छ।

कर्णालीमा नेपाली कांग्रेससँग प्रदेश र स्थानीय तहको निर्वाचनको कुल मतभार १ हजार ९ सय ७६ छ। स्थानीय तहका प्रमुख(अध्यक्ष ६ सय ८ र उप-प्रमुख-उपाध्यक्षबाट ५ सय ३२ र प्रदेशसभामा ७ सय ९५ मतभार छ। तर, स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित दुई जनप्रतिनिधिको निधन भइसकेको छ।

जसमा दैलेखको महाबु गाउँपालिकामा निर्वाचित लक्षुमन गुरूङ र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको निधन भएको छ।

सिंहको २०८० कात्तिक १७ गते बेलुका जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परि निधन भएको हो।

यस्तै, नेकपा माओवादी केन्द्रसँग स्थानीय तहको प्रमुख-अध्यक्ष गरी ४ सय ३७ र उप–प्रमुख-उपाध्यक्षको ४ सय ७५ र प्रदेशसभा सदस्य ६ सय ८९ गरी जम्मा १ हजार ६ सय १ मतभार छ।

एमालेसँग स्थानीय तहका प्रमुखरअध्यक्ष गरी २ सय ८५, उप–प्रमुख-उपाध्यक्षबाट ३ सय ८० र प्रदेशसभामा ५ सय ३० गरी कुल १ हजार १ सय ९५ मतभार छ।

यस्तै, एकीकृत समाजवादीसँग स्थानीय तहका प्रमुख-अध्यक्ष गरी ७६ र उप–प्रमुख-उपाध्यक्ष गरी १ सय १४ र प्रदेशसभामा ५३ गरी जम्मा २ सय ४३ मतभार छ।

स्थानीय तहका प्रमुखमा निर्वाचित भएका ५ जनाको मतभार ९५ रहेको छ। यी पाँच जना स्वतन्त्र जनप्रतिनिधि मध्ये केही पार्टीमा फिर्ता भइसकेका छन्।

यस्तै, कर्णाली प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ५३ मतभार छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटि (रास्वपा) भित्र पछिल्लो समय संसदीय जिम्मेवारी तथा पद बाँडफाँटप्रति केही सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यसपटक निर्वाचित एक सांसदले “सांसद बन्न सफल भएका कतिपयलाई जिम्मेवारीबाट छुटाइएको” भन्दै गुनासो गरेका छन्। संसदीय समितिमा पनि उस्तै असन्तुष्टि गत ३ वैशाख मा बसेको संसदीय दलको बैठकले संसदीय समितिका सभापतिहरूको नाम चयन गरेको थियो। […]

प्रधानमन्त्री वालेन्द्र शाहले दोस्रो मन्त्रिपरिषद् बैठकबाटै संविधान संशोधन प्रक्रिया अघि बढाउने संकेत दिएका छन्। सरकारले राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। यद्यपि, प्रधानमन्त्री शाहले यो निर्णय अघि अन्य दलहरूसँग औपचारिक छलफल गरेका छैनन्। […]

काठमाडाैं— जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र नभई संलग्न सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ। संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलन दमनमा प्रत्यक्ष भूमिका खेलेका सम्पूर्ण पक्षमाथि निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्दै कुनै पनि दोषीलाई उन्मुक्ति दिन […]