०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

फोनिज मलेसियाको दोस्रो अधिवेशन जनवरी २५ मा, गजुरधन राई प्रमुख आथिति ।

Logo
HeroNepal-tv प्रकाशित बुधबार, माघ १०, २०८०

क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको दोस्रो अधिवेशन -२०२४ कार्यक्रम आयोजना हुने तय भएको छ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) नेपालका केन्द्रिय अध्यक्ष गजुरधन राईको प्रमुख आथित्यता र नेपाली दूतावास , आदिवासी जनजाती महासंघलगायत मलेसियामा स्थापित विभिन्न संघसंस्था को प्रतिनिधिहरु को आतिथ्यता अनि मलेसियामा रहेर पत्रकारिता गर्दै आएका आदिवासी जनजाती समुदायका पत्रकार लगायत नेपाली श्रमिकहरुको उपस्थितिमा कार्यक्रम आयोजना हुन लागेको कार्यक्रमका संयोजक अर्पण मगरले बताए ।

जानकारी अनुसार दोस्रो अधिवेशन कार्यक्रमको सम्पुर्ण तयारी सकिएको र कार्यक्रम यहीँ मिति सन् २०२४ जनवरी २५ तारिख बिहिवारको दिन होटेल ग्रेण्ड कन्टिनेन्टलमा आयोजना हुन लागेको हो ।

मलेसियामा रहेका क्रियाशील आदिवासी जनजाति पत्रकारहरुलाई आफ्नो कर्मप्रति थप हौसला प्रदान गर्न तथा मलेसियाको भ्रमणको लागि वरिष्ठ पत्रकार, नेपाल टेलभिजनका कार्यकारी सम्पादक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय अध्यक्ष गजुरधन राई २२ जनवरी २०२४ मा नै मलेसिया आईपुग्नु भएको छ ।

दोस्रो अधिवेशन आयोजक समितिले मलेसियामा रहेका सम्पूर्ण कर्मशील नेपाली श्रमिक , नेपाली ब्यावसायी, संघसंस्थाका प्रतिनिधि तथा श्रमिक दाजुभाइ दिदीबहिनीहरुलाई उक्त अधिवेशनमा उपस्थितिको लागि सार्वजनिक आव्हान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]