२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

फोनिज मलेसियाको दोस्रो अधिवेशन जनवरी २५ मा, गजुरधन राई प्रमुख आथिति ।

Logo
HeroNepal-tv प्रकाशित बुधबार, माघ १०, २०८०

क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको दोस्रो अधिवेशन -२०२४ कार्यक्रम आयोजना हुने तय भएको छ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) नेपालका केन्द्रिय अध्यक्ष गजुरधन राईको प्रमुख आथित्यता र नेपाली दूतावास , आदिवासी जनजाती महासंघलगायत मलेसियामा स्थापित विभिन्न संघसंस्था को प्रतिनिधिहरु को आतिथ्यता अनि मलेसियामा रहेर पत्रकारिता गर्दै आएका आदिवासी जनजाती समुदायका पत्रकार लगायत नेपाली श्रमिकहरुको उपस्थितिमा कार्यक्रम आयोजना हुन लागेको कार्यक्रमका संयोजक अर्पण मगरले बताए ।

जानकारी अनुसार दोस्रो अधिवेशन कार्यक्रमको सम्पुर्ण तयारी सकिएको र कार्यक्रम यहीँ मिति सन् २०२४ जनवरी २५ तारिख बिहिवारको दिन होटेल ग्रेण्ड कन्टिनेन्टलमा आयोजना हुन लागेको हो ।

मलेसियामा रहेका क्रियाशील आदिवासी जनजाति पत्रकारहरुलाई आफ्नो कर्मप्रति थप हौसला प्रदान गर्न तथा मलेसियाको भ्रमणको लागि वरिष्ठ पत्रकार, नेपाल टेलभिजनका कार्यकारी सम्पादक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय अध्यक्ष गजुरधन राई २२ जनवरी २०२४ मा नै मलेसिया आईपुग्नु भएको छ ।

दोस्रो अधिवेशन आयोजक समितिले मलेसियामा रहेका सम्पूर्ण कर्मशील नेपाली श्रमिक , नेपाली ब्यावसायी, संघसंस्थाका प्रतिनिधि तथा श्रमिक दाजुभाइ दिदीबहिनीहरुलाई उक्त अधिवेशनमा उपस्थितिको लागि सार्वजनिक आव्हान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]