०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

एसईई परीक्षा आगामी चैत्र १५ देखि सञ्चालन हुने ।

Logo
HeroNepal-tv प्रकाशित आइतबार, माघ ०७, २०८०

काठमाडौँः माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि सञ्चालन हुने भएको छ। आइतवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।

बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए। चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए। बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो। तर, होली पर्वका कारण परीक्षाको मिति सार्नुपरेको हो।

यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन्। परीक्षामा चैत्र २७ गते सम्म सञचालन हुने छ साथै यो वर्ष प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]