२२ जेठ २०८३, शुक्रबार
05-06-2026 , Fri
×

अनेरास्ववियु कर्णालीको अध्यक्षमा मिजाश मल्ल बलियो उम्मेदवार

Logo
हिरोनेपाल प्रकाशित आइतबार, माघ ०७, २०८०

सुर्खेत । अनेरास्ववियु कर्णाली प्रदेश कमिटीको अध्यक्षमा मिजाश मल्लको बलियो दाबी रहेको छ। अनेरास्ववियुको केन्द्रस्यी सदस्य तथा कर्णाली प्रदेशको सह–संयोजकको भूमिका निर्वाह गरिसकेका मल्ल सबै भन्दा बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन्।

रुकुमपश्चिमका मल्ल अन्य उम्मेदवारमा बलियो उम्मेदवारका रुपमा रहेका प्रतिनिधिहरू बताउँछन्।

नेकपा एमाले निकट जनवर्गीय संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को कर्णाली प्रथम अधिवशेन दैलेखमा आजबाट सुरु हुँदैछ।

आज र भोली (माघ ७ र ८) गते हुने उक्त अधिवेशनमा अध्यक्ष पदका लागि अनेरास्ववियु केन्द्रीय कमिटी निर्वाचनका विभिन्न पदमा हारेका नेताहरुले पनि इच्छा देखाएका छन्।

उनिहरू मध्ये पनि रुकुमपश्चिमका मल्ललाई अध्यक्ष बनाउनुपर्ने पार्टी नेता तथा विद्यार्थीहरुमाझ छलफल चल्ने गरेको छ।

अधिवेशनमा सहभागी एक विद्यार्थी नेताले अनेरास्ववियु कर्णालीको अध्यक्ष मिजाश मल्ल नै बन्ने दाबी गरे। ती विद्यार्थी प्रतिनिधिले भने, ‘हामी जिल्लाहरुबाट आएका प्रतिनिधिहरुको एउटै श्वर मिजाश मल्ललाई नै अध्यक्ष बनाउने छ। चाँहे त्यो सर्वसम्मत हो। चाँहे निर्वाचन नै। अध्यक्षका लागि मल्ल नै उपयुक्त हुनुहुन्छ।’

यस्तै, मल्ललाई १० वटै जिल्लाबाट प्रतिनिधि भएर आएका विद्यार्थी नेताहरूले अध्यक्षका लागि साथ र सहयोग गरिरहेका छन् भने अध्यक्षमा मिजाश मल्लनै हुनुपर्ने माग राखिरहेका छन्। त्यसैले पनि अनेरास्ववियु कर्णालीको अध्यक्षमा मिजाश मल्लनै बलियो उम्मेदवारका रुपमा प्रस्तुत भएका छन्।

मिजाश मल्ल बाहेक अन्य उम्मेदवारहरूसँग सिमित केही प्रतिनिधिहरु मात्रै रहेका छन भने सबै भन्दा धेरै प्रतिनिधिहरू उनको पक्षमा रहेका स्रोतको दाबी छ।

रुकुमपश्चिमा जन्मिएका मल्ल सानै उम्मेरदेखि विद्यार्थी राजनीतिमा उदाएका नेता हुन्।

उनिसँग विद्यालय, क्याम्पस कमिटी तथा टोल, पालिकाहुँदै जिल्ला लगायतका कमिटीको संगठन विस्तारमा पनि उत्तिकै लगाभ रहेको छ। यती मात्रै हैन् मिजाश मल्लसँग विद्यार्थीहरूका समस्यालाई समाधान गर्नका लागि तथा कमिटीलाई चलायमान बनाउँदै मिलाएर अगाडी बढाउने लगायतका महत्वपूर्ण निर्णय गर्नमा समेत सक्षम छन्।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतलगायत १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन मागेको हो। इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न नसकेको ठहर गर्दै ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै प्रशासनबाट अनुमति लिइएको भए पनि प्रदर्शन क्रमशः हिंसात्मक बन्दै जाँदा गुरुङलगायत आयोजकहरूले त्यसलाई नियन्त्रण गर्न नसकेको आयोगले […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाबाट कमजोरी भएको ठहर गरेको छ। जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार हननसम्बन्धी घटनाको अनुसन्धानपछि आयोगले बुधबार सार्वजनिक गरेको सिफारिस प्रतिवेदनमा उक्त निष्कर्ष उल्लेख गरिएको हो। प्रतिवेदनमा भनिएको छ, “अनुसन्धानका क्रममा संकलित प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा भदौ २३ […]